MENU

आउँदो बुधबार चन्द्रागिरीमा कन्सर्ट हुने

काठमाडौं, चैत २० - रामनवमीको अवसरमा आउँदो बुधबार चन्द्रागिरीमा कन्सर्ट हुने भएको छ । रामलिला शो, स्ट्याण्ड अप कमेडीसहित शिब परियारको प्रस्तुति रहने कार्यक्रमको समायोजना तथा व्यवस्थापन दिनेश डिसी प्रोडक्सनले गर्ने चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ  ।

चन्द्रागिरी केबलकारको भ्रमणमा जाने सबैलाई कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिने छ । ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरी डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडल भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस