MENU

एसइई परीक्षा दिएका विद्यार्थीले वैशाखभर ३ सयमा चन्द्रागिरी केबलकार चढ्न पाउने

माध्यामिक शिक्षा परीक्षा एसइई दिएका विद्यार्थीले वैशाख मसान्तसम्म सस्तोमा केबलकार चढेर चन्द्रागिरी घुम्न पाउने भएका छन । परीक्षा दिएर बसेका विद्यार्थीले तीन सय रुपैयामै चन्द्रागिरी घुम्न पाउने व्यवस्था गरिएको हो । यो छुट व्यवस्था वैशाख मसान्तसम्मका लागि थप गरिएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

एसइई परीक्षा दिएका विद्यार्थीले प्रवेशपत्रसहित छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट लिन सक्नेछन । तर यो छुट लिएका विद्यार्थीले अन्य छुट भने पाउने छैनन । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरी डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्युटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको दृश्यावलोकन गर्न सकिने चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस