MENU

​पोखराको होटल जल महलले ल्यायो १५ हजारमा २ रात ३ दिनको प्याकेज

नयाँ बर्षको अवसर पारेर पोखरा घुम्न आउने पर्यटकका लागि जल महल होटलले फेम्ली फन समर प्याकेज ल्याएको छ । गर्मीयाममा पारिवारसहित घुम्न आउने पर्यटकका लागि २ रात ३ दिनका लागि कर बाहेक १५ हजार रुपैयाँमा समर प्याकेज ल्याएको होटल जल महलले जनाएको छ । यो प्योकज लिने एक बच्चासहितका दम्पतीले तीन दिनसम्म ब्रेकफास्ट, रातीको खाना  आधा दिन कारमा पोखरा घुम्न पाउने छन् । यस्तै एउटा सिंगल र एउटा डबल बेड रहेको एउटा कोठा उपलब्ध गराइने होटल जल महलले जनाएको छ ।

स्वीमिङ पुलमा निःशुल्क पौडिन सक्ने व्यवस्था गरिएको पनि होटलले जनाएको छ । बच्चाका लागि ५ सय रुपैयाँमा एक दिनभरका लागि पार्कमा खेल्न पाउने व्यवस्था गरिएको होटलले जनाएको छ । 

एकभन्दा बढी बच्चाहरु भएको खण्डमा उनीहरुका लागि दुई हजार रुपैयाँ अतिरिक्त खर्च लाग्ने छ । यस्तै विमानस्थलदेखि होटेलसम्म पुग्न र फर्किनका लागि सवारीको व्यवस्थासमेत यो प्याकेजमा छ ।

प्रतिक्रिया दिनुहोस