MENU

गर्मी मौसममा पानी र मनोरञ्जन एकसाथ: जाउ है अब काठमाडौं फन भ्याली

गर्मीमा शीतलता र मनोरञ्जन एकसाथ चाहनेका लागि काठमाडौं फन भ्याली रमाइलो गन्तव्य हो । जाडो समयमा बन्द फन भ्याली गर्मी बढ्दै गएपछि चैत १२ गतेबाट सञ्चालन भएको हो । फन भ्याली सञ्चालनसँगै सेवा समेत विस्तार भएको छ । फन भ्यालीले एसएलसी परिक्षा दिएर बसेका विद्यार्थीलाई प्रवेश शुल्कमा छुट दिने घोषणा गरेको छ । उनीहरुले विद्यार्थी परिचय पत्र देखाएर २ सय ५० रुपैयाँ छुट पाउने छन् ।

यो छुट भने आइतबार देखि शुक्रबार सम्म मात्र पाइनेछ भने छुट सुविधा बैशाख १० गतेसम्म मात्र लागु हुनेछ । सार्वजनिक विदाका दिन छुट सुविधा नहुँने फन भ्यालि व्यवस्थापनले जनाएको छ । एकपटक प्रवेश शुल्क तिरेपछि पार्कका सबै खेलको मज्जा लिन पाइन्छ ।

यस्तै स्वीमिङ्ग नजाने पनि पौडीको मज्जा लिन सक्ने व्यवस्था छ । फन भ्यालीमा सेवा लिन बयस्कलाई ६ सय ५० रुपैया र बालबच्चा भए ४ सय ५० रुपैंया शुल्क लाग्ने गरेको छ ।  

अरनिको राजमार्गसँगै जोडिएको काठमाडौं फन भ्याली काठमाडौंबाट १० किलोमिटर र भक्तपुरको सूर्यविनायकबाट ४ किलोमिटर दुरीमा पर्छ । भक्तपुरको पलाँसेमा रहेको फन भ्याली नेपालमै पहिलो पटक संचालित अत्याधुनिक सुविधा सम्पन्न पार्क हो । 

प्रतिक्रिया दिनुहोस