MENU

फन भ्यालीमा डेढ सय रुपैयाँको छुट

काठमाडौं फन भ्यालीले डेढ सय रुपैयाँ छुटको कुपन ल्याएको छ । माथिको  कुपनलाई मोबाइलमा नै सेभ गरेर वा प्रिन्ट गरेर फन भ्यालीको टिकट काउन्टरमा देखाएपछि टिकटमा १ सय  ५० रुपैयाँ छुट पाइने छ ।

छुट नपाउँदा फन भ्यालीमा पौडी र पानीसँग सम्बन्धित खेलको मज्जा लिन बालबालिकाका लागि ४ सय ५० र ठुला मान्छेका लागि ६ सय ५० रुपैयाँको टिकट काट्नु पर्छ । अब छुटपछि बालबालिकाले ३ सय र ठूला मान्छेले ५ सय रुपैयाँ तिरेर दिनभरी पौडीसँगै पानीसँग सम्बन्धित विभिन्न खेल खेलेर मज्जा लिन सक्ने काठमाडौं फन भ्यालीले जनाएको छ । यो छुट असार ३१ गतेसम्म आइतबारदेखि शुक्रबारसम्म कायम रहने फन भ्यालीले जनाएको छ  । अरनिको राजमार्गसँगै जोडिएको काठमाडौं फन भ्याली काठमाडौंबाट १० किलोमिटर र भक्तपुरको सूर्यविनायकबाट ४ किलोमिटर दुरीमा पर्छ ।

भक्तपुरको साँगा नजिकै पलाँसेमा रहेको फन भ्याली नेपालमै पहिलो पटक संचालित अत्याधुनिक सुविधा सम्पन्न पार्क हो । एकपटक प्रवेश शुल्क तिरेपछि त्यो दिनभर पार्कका सबै खेलको मज्जा लिन पाइन्छ ।

प्रतिक्रिया दिनुहोस