MENU

उपराष्ट्रपतिद्वारा चन्द्रागिरीको भ्रमण

​काठमाडौं, फाल्गुण २२ – उपराष्ट्रपति नन्दबहादुर पुनले चन्द्रागिरी हिल्स लिमिटेडका अवलोकन भ्रमण गर्नुभएको छ । केवलकार चढेर चन्द्रागिरी पुगेका उपराष्ट्रपतिले भालेश्वर महादेव मन्दिरको दर्शन पनि गर्नु भएको छ । ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरी डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्यहिम श्रृंखलाहरुको समेत दृश्यावलोकन गर्नुभयो । उपराष्ट्रपतिले चन्द्रागिरीको अवलोकन भ्रमणपछि कम्पनीको आगन्तुकपुस्तिकामा हस्ताक्षर गर्दै कम्पनी परिवारलाई हौसला प्रदान गरेको भन्दै चन्द्रागिरी हिल्स लिमिटेडले उपराष्ट्रपतिलाई धन्यवाद दिएको छ । 

प्रतिक्रिया दिनुहोस