MENU

हाम्रो पात्रोमा नयाँ एप्लिकेसन – हाम्रो कार्ड

काठमाडौं, असोज ५ – लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडको विशेष क्षण पारेर पारिवारिक तथा मित्रवत् जमघटमा लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्रेक (Call Break - Spades)  तथा जुटपत्ति (Jutpatti)  समेटिएको नयाँ एप्लिकेशन JutPatti & CallBreak - Hamro Cards  प्ले स्टोरबाट सार्वजनिक गरेको छ । यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिनेछ ।

हरेक उमेर समुहका नेपालीका लागि कल ब्रेक तथा जुटपत्ति एउटा परिचित अनि रोमाञ्चक तासको खेल हो । स्मरण रहोस् शदियौंदेखि मानवको दिमागी कसरतको भरपर्दो माध्यमका रुपमा तास खेल रहेको छ । यसमा पनि कल ब्रेक खेल्न साथीलाई पर्खिरहुनपर्ने बाध्यता छैन । 

अनलाईन अथवा अफलार्इन जुनसुकै माध्यमबाट आफ्ना साथी या आफ्ना इष्टमित्रसँग सङ्गै एउटै नेटवर्कमा (Multi Player - मल्टी प्लेयर)  बसी असिमित यो खेलको मज्जा लिन सकिने हाम्रो पात्रोले जनाएको छ । साथै अत्यन्त सरल खेल जुटपत्ति पनि उत्तिकै सरलताकासाथ एप्लिकेशनबाट खेल्न सकिनेछ ।


विभिन्न आकर्षक डिजाइनका कार्ड तथा थिमहरू छनौट गर्ने सुविधा रहेको यस एप्लिकेशनमा एउटा बेग्लै फरकपना महशुस गर्न सकिनेछ । 

 

प्रतिक्रिया दिनुहोस