Facebook

अबिचलित यात्री समर्पण

जबसम्म श्रमिकको उचित तलब सुबिधा, स्वास्थ्य बिमा, सुरक्षित काम, जन धनको सुरक्षा, कामदारलाई कम्पनीले दिनु पर्ने आवश्यक सेवा सुविधा मलेसियन सरकार र कम्पनीले ग्यारेन्टी लिदैनन् तबसम्म नेपाली कामदार नपठाए हुन्छ । सरकारले जे गरेको छ सहि गरेको छ ।

थप पढ्नुहोस्
राम केसी

प्रधानमन्त्री ओलीलाई सुझाब छ, प्रधानमन्त्री ज्यु त्यसरी अर्को पार्र्टीलाई भाषण गरेर विकासका काम गरेर देखाईदिनुस् । ता कि नागरिकले बिगत र बर्तमानलाई दाँजेर को ठूलो र को सानो भनेर छुट्टाईदिनेछन् ।

थप पढ्नुहोस्
कुमार ज्याक

घुस लिनेलाई पक्राउ गर्ने र जरिवाना गरेर छोड्ने काम मात्रै नगरौं सरकार । कसको आड्मा घुस लिने र खाने गर्दछन् भन्ने कुराको अनुसन्धान गरी दुबै पक्षलाई कावार्ही गर्नेगरौं । तब मात्र सुधार होला ।

थप पढ्नुहोस्
भूपाल न्यौपाने

अब हाम्रो पैसा जोगिने भयो नि, इन्टरनेट महंगो भएपछि त खर्च हुँदैन । अब ईन्टरनेटको मात्र होइन । शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, टेलीफोन र दैनिक उपभोग्य अति आवश्यक वस्तुको पनि मुल्य चरम रुपमा वृद्धि गर्नु पर्यो । नागरिकले भोट त्यसैका लागि त दिएका थिए नि ।

थप पढ्नुहोस्
कृष्ण निरौला

अब पानी जहाज त्यहीबाट कुदाए भइहाल्यो नि । एकातिर खोतियोग्य जमिनको नाश भयो । अर्को तर्फ सिमा क्षेत्रमा भारतको यो ज्यादती कहिलेसम्म सहनु पर्ने हो सरकार ?

थप पढ्नुहोस्
गोपालप्रसाद ज्ञावाली

राज्यले पहिला नागरिकलाई कर तिर्न सक्ने हैसियतका बनाउने कार्ययोजना ल्याउनु प¥यो । नागरिकको आयस्रोतको ख्याल नगरी कर मात्र बढाएर समस्यामा पार्न त भएननी ।

थप पढ्नुहोस्
बिपीन कँडेल

युद्ध चलिरहेको समयमा समेत पक्ष बिपक्षका घाईते बिरामीको उपचार रोकिदैन । डा.केसीका माग सही छन् तर सर्मथनको बाहानामा अस्पतालका सेवा बन्द गर्दै बिरामीको उपचार गर्दिन भन्नु राम्रो होइन ।

थप पढ्नुहोस्
प्रकाश पाठक

सरकारले यसरी नै निजि विद्यालयहरुलाई पटक्कै ध्यान नदिने हो भने भविष्यका कर्णधार बालबालिकाहरु नेपाली बोल्नै नजान्ने हुन बेर छैन । सरकारले आफ्नो भाषालाई पनि ध्यान दिनेगरी पाठ्यक्रम बनाउने र अध्ययन गराउने वातावरण बनाउनुपर्छ । शिक्षा क्षेत्रको सुधारको लागि गफ मात्रै होइन काम पनि देख्न पाइयोस सरकार ।

थप पढ्नुहोस्
श्रीजल लामा

सरकारलाई यो जानकारी होस कि कतारमा नेपालीको बेसिक तलब ३०० रियाल छ भनेर । कतार आफु विश्वमा धनि राष्ट्र अनि विश्वकपको तयारी गर्दैछ तर लाखौं कामदारको अवस्थाका बारेमा कतारको सरकारले सोचेको छैन । कामदारले काम अनुसारको तलब पाएका छैनन् ।

थप पढ्नुहोस्
अश्विनकुमार थापा

पहिला आफूलाई बचाउनु होस् । आफ्नो हत्यारा आफै नबन्नु होस । यदि यही अवस्थामा तपाईंको ज्यान तलमाथि भयो भने आत्महत्या भनेर व्याख्या गर्न पनि पछि पर्दैनन् । किनकी सत्तामा हुने अनि प्रतिपक्षमा हुने दुवैले आफ्नो स्वार्थ अनुसार तपाईंको समर्थन र विरोध गरिरहेका छन् । त्यसैले तपाईंको सत्याग्रहलाई उनीहरुको साधन बन्न नदिनुहोस् ।

थप पढ्नुहोस्
निलम कुँवर

हाम्रो देश कुनै पद्धति नभएर बिग्रेको होइन । हाम्रा देश बिगारेको पद्दति नमान्ने, आफूलाई दिग्गज र सर्र्वोसर्वा ठान्ने घमन्डिहरुले गर्दा नै हो । राज्यको अनुमति र विधि नमान्ने मनोमानीमा चल्ने जुनसुकै ओहदाका अधिकारीलाई कारवार्ही गर्नुपर्छ सरकार ।

थप पढ्नुहोस्
लियो कवि पौडेल

डाक्टर गोविन्द केसीले अनसन बस्दा कांग्रेसको झन्डा बोकेर अनसन बसेका छैनन् । डाक्टर केसीको माग ३ करोड नेपालीको माग हो, त्यसैले स्वास्थ्यमा राजनैतिक हस्तक्षेप नगरौ । २ तिहाई सरकार छ भन्दैमा निरकुंश व्यवहार गर्न पाईन्छ र ? केसीको मागप्रति ३ करोड नेपालीको साथ छ ।

थप पढ्नुहोस्
दिपकराज अधिकारी

बजेटबारे संसदमा मन्त्रीहरुसँग बोल्दा एक जनाले मात्र पश्न गर्न पाउने अनि त्यो पनि एक मिनेट भित्र कस्तो लोकतन्त्र हो । हामीलाई देशको राष्ट्रिय टिभीबाट प्रत्यक बैठकको लाइभ चाहियो, हामी जान्न चाहन्छौं हामीले चुनेर पठाएका सांसद कति कुर्सिमा छन् कति बाहिर छन् र कुर्सीमा बस्नेहरुले के भनिरहेका छन् भनेर ।

थप पढ्नुहोस्
दिपक चन्द

कविता देशमा छँदा राज्यको अनुभुति हुदैन, परदेशमा हुँदा जीवनको अनुभुति छैन । सरकारले अब गर्छ कि भन्दा भन्दै, वर्षौ बित्यो तर परिवर्तनको छाटकाटै छैन । लोकतन्त्र, गणतन्त्र, संसारमा भएको जति, सबै मन्त्र तन्त्र आइसक्यो तर खै हामी परदेशीले आफ्नै देशमा पाखुरा बर्जाने दिन कहिले आएन ।

थप पढ्नुहोस्
मोदिप राई

डाक्टर गोविन्द केसीको बारम्बारको असन्तुष्टिलाई सरकारले छिटै ध्यान दियोस्, गम्भिर बनोस् । नभए भोली डाक्छर केसीको समर्थनमा लाखौ जनता सडकमा नआउलान् भन्न सकिन्न ! बेलैमा चेतना होस सरकारलाई ।।

थप पढ्नुहोस्
सुर्य लामा

भूकम्प गएको ३ वर्ष वितिसक्दा पनि धेरै भूकम्प प्रभावित अस्थायी टहर मुनी बसिरहेका छन् । सरकारको राहत उनीहरुसम्म पुग्न सकेको छैन् । तर सरकारै पिच्छे प्रमुख फेरिरहेका छन् । भूकम्प प्रभावितका लागि यो भन्दा ठुलो विडम्बना अरु के हुन सक्छ र । यस्तो अबस्थामा कर्मचारीलाई तलब दिएर राख्नुभन्दा प्राधिकरण नै खारेज गरिदिए हुन्छ । कमसेक...

थप पढ्नुहोस्
मरिक बाबु

बझाङको साईपाल गाउँपालिकाले जाँड रक्सी खाने र बेच्नेबाट उठाएको जरिवानाले खोलामा काठेपुल निर्माण गरेको खबर उज्यालोमा पढ्दा निकै प्रसंशनिय र उदाहरणीय लाग्यो । यसले गर्दा न गाउँमा झगडा नै हुन्छ न त खोला तर्दा समस्या नै हुन्छ ।

थप पढ्नुहोस्
नबराज दाहाल

भत्काउनै पर्छ, आफ्नो घर डुबानमा पारेर अरुको बचाउको लागि बाटो हेर्नु हँुदैन । सरकारको मुख ताक्ने हो भने त,मान्छे मरिसक्दा पनि देख्दैन । त्यसैले जति सक्दो छिटो भारतले बनाएका बाँध र पर्खाल भत्काए पछि हामीलाई शान्ति मिल्छ ।

थप पढ्नुहोस्
टिकाराम ओली

विद्यालयमा कानुनको पढाई गर्नु भन्दा कोरियन, जापनीज, हिब्रु, मलेसियन, अरवी भाषाको विषय राख्दा राम्रो होला । किनकि विद्यालय शिक्षापछि अधिकांश युवाको रोजाई नै यिनै देशहरु हुन । चाहेर या नचाहेर, ध्यान जाओस ?

थप पढ्नुहोस्
संगिता रेग्मी

लगातारको वर्षासँगै तराई मधेशका विभिन्न ठाउँ डुबानमा पर्ने समस्या हरेक वर्ष आउँछ । यसको रोकथामको लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्न आवश्यक छ । तत्कालिन राहत र उद्धारले मात्र यो समस्या समाधान हुन सक्दैन ।

थप पढ्नुहोस्
लिला डाँगी

देशमा कति बिरामी सिटामोल समेत नपाएर छटपटाएका छन् । उता राम्रो मान्छे भोकै बसेकोले विरामी परेका छन्, र डाक्टर साबहरु उपचारमा खटिएका छन । जुस खुवाई दिनु उहाँलाई ठिकहुन्छ ?

थप पढ्नुहोस्