UJYAALO 90 NETWORK :: सीधा कुरा प्रस्ट विचार - News Feed
कतारमा माइक्रोभ्यान दुर्घटनामा तीन नेपालीको ज्यान गयो
      <description><![CDATA[ काठमाडौं, असार ६ – कतारमा भएको माइक्रोभ्यान दुर्घटनामा तीन नेपाली कामदारको ज्यान गएको छ ।
आफ्नो कम्पनीमा काम गरेर सनैयामा रहेको क्याम्पमा फर्कने क्रममा सल्वारोडमा भएको माइक्रोभ्यान दुर्घटनामा ठेगाना नखुलेका बृजनाथ पण्डित, कृष्ण राजबंशी र पशपल धमलाको ज्यान गएको हो ।
माइक्रोभ्यानको टायर पड्किएपछि नियन्त्रण गुमाउँदा भएको दुर्घटनामा १३ जना नेपाली घाइते भएको स्थानीय पेनिन्सुला दैनिकले जनाएको खोटाङ सेवा समाज दोहा कतारका महासचिव नारायण बस्नेतले जानकारी दिनुभयो ।
घाईतेहरुको हमाद अस्पतालमा उपचार... ]]></description>
कुन कुन डेरीको दूध नखाने ?
      <description><![CDATA[ काठमाडौ, असार ५ – सरकारले कोलिफर्म पाइएका डेरीले उत्पादन गरेको दूध उपभोग नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार विज्ञप्ति निकालेर अर्को सूचना नभएसम्म कोलिफर्म पाइएका डेरीका दूध उपभोग नगर्न भनेको छ ।
प्रशोधित दूधमा समेत पाइएको कोलिफर्म मानव स्वास्थ्यका लागि प्रतिकूल हुने विज्ञहरुको भनाई छ । विभागले अनुगमनपछि परीक्षण गर्दा कोलिफर्म पाइएको दूग्ध डेरी उद्योगमा सिलबन्दी गरिएको र ती डेरीका दूध तत्काल उपभोग नगर्न आग्रह गरेको छ ।
खाद्य प्रविधि विभागले ... ]]></description>
प्रहरीमा भर्ती खुल्यो (सूचना सहित)
      <description><![CDATA[ काठमाडौ, असार ५ – नेपाल प्रहरीमा प्रहरी निरीक्षक र प्रहरी जवानका लागि नयाँ भर्ना खुलेको छ  ।
प्रहरी प्रधान कार्यालयले सुचना निकाल्दै १ सय ३८ प्रहरी निरीक्षक र ६ हजार १ सय जवानका लागि भर्ना खुल्ला गरेको हो ।
प्रहरी निरीक्षकमा खुल्लातर्फ ७६ र समावेशी समूह तर्फ ६२ जना तथा प्रहरी जवानतर्फ खुलामा ३ हजार ३ सय ५५ र समावेशीमा २ हजार ७ सय ४५ जनाका लागि दरखास्त आव्हान गरिएको छ ।
इच्छुक व्यक्तिले १ महिनाभित्र आफूलाई पायक पर्ने देशका ५ विकास क्षेत्रमा रहेका तालिम केन्द्रहरुमा आवेदन दिन सक्ने क... ]]></description>
भारतमा पहिरोमा पुरिएर ६ नेपालीको ज्यान गयो
      <description><![CDATA[ राजेन्द्र कार्की/उज्यालो
जाजरकोट, असार ५ – कमाई गर्न भारतको गौरीकुण्ड गएका जाजरकोटका छ जना युवाहरुको पहिरोमा परी ज्यान गएको छ ।
उनीहरुको आफन्तका अनुसार टालेगाँउ ४ का २७ बर्षका अविबहादुर सिंह, १६ बर्षका बखत सिह, २० बर्षका विरेन्द्र सिह, १७ बर्षका धिरेन्द्र सिंह, २० बर्षका विवेक सिह र वडा नं ७ का १८ बर्षका हरिबहादुर शाहीको ज्यान गएको हो ।
बैशाखको दोश्रो हप्ता भारत गएका उनीहरुको पहिरोमा परेर ज्यान गएको स्थानीय मानबहादुर सिंहले जानकारी दिनुभयो ।
कमाई गर्न गएका उनीहरुको ज्यान गएको खबर संगै ... ]]></description>
नेताको शैलीमा भाषण गर्दै पूर्वराजा ज्ञानेन्द्र
      <description><![CDATA[ धर्बेन्द्र झा/उज्यालो । जनकपुरधाम, असार ५ - पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेताको शैलीमा राजनीतिक भाषण गर्न थाल्नु भएको छ ।
जनकपुरधाममा नागरिक समाजले आयोजना गरेको अभिनन्दन कार्यक्रममा नेताले जस्तै गरी मञ्चमा उभिएर भाषण ठोकेका शाहले आफूले कर्तव्य नभुलेको बताउनुभयो ।
नेपाली जनताले अब कुनै प्रकारको पुर्वाग्रहमा डोरिएर वा कसैबाट डराएर नभई अन्तरआत्माको कुरा सुनेर अघि बढ्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । ‘हामी सबै मिलेर जाउं कोही कसैले कोही कसैलाई निषेध नगरौं’, उहाँले... ]]></description>
नव विवाहिता दम्पतीमाथि गोली प्रहार
      <description><![CDATA[ जनार्दन पोखरेल/उज्यालो
महोत्तरी, असार ५ – महोत्तरीको मनरामा बुधबार नचिनेका मानिसको गोली प्रहारबाट एक नवविवाहिता दम्पती गम्भीर घाइते भएका छन् ।
बर्दिवास जलेश्वर सडक खण्डमा पर्ने मनरा ८ को पुल नजिक दिउँसो ३ बजे स्थानीय ३२ बर्षिय अभयकुमारसिंह र उहाँकी पत्नी २६ बर्षिया सोनमदेबी सिंहमाथि गोली प्रहार भएको हो ।
जनकपुरबाट ज ५ प ५४६० नम्वरको मोटरसाइकलमा आफ्नो घर फर्कने क्रममा सिंह दम्पतीमाथि नम्बर नखुलेको रातो रंगको पल्सर मोटरसाइकलमा सवार दुईजनाले गोली हानेका महोत्तरीका प्रहरी उपरीक्षक पवन खरेलल... ]]></description>
दार्चुलालाई संकटग्रस्त घोषणा गर्न माग
      <description><![CDATA[ दार्चुला, असार ५ – दार्चुलाका राजनीतिक दलहरुले जिल्लालाई संकटग्रस्त घोषणा गर्न माग गरेका छन् ।
भारतले बनाएको धौलीगंगा जलविद्यतु परियोजनाको बाँधका कारण बाढी आएको भन्दै दलहरुले यसको क्षतिपुर्ति भारत सरकारले दिनुपर्ने माग पनि गरेका छन् । बैठकले दार्चुला सदरमुकामको पुनर्निर्माणका लागि गुरुयोजना बनाउन सरकारसंग माग गरेको छ ।
उकु गाविसको जोलजिविमा रहेको नेप... ]]></description>
किशोरी बलात्कार गर्ने प्रहरीलाई ७ वर्ष कैद
      <description><![CDATA[ संखुवासभा, असार ५ - पन्ध्र वर्षकी किशोरीलाई बलात्कार गर्ने प्रहरीलाई जिल्ला अदालत चैनपुर संखुवासभाले ७ बर्ष कैदको फैसला गरेको छ ।
याफू ८ की किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ताम्कु प्रहरी चौकीका जवान अमृत राईलाई जिल्ला न्यायाधीश शालिग्राम कोइरालाको इजलासले ७ वर्ष कैदको फैसला गरेको हो ।
राईलाई २५ हजार रुपैया“ क्षतिपुर्ति भराउने समेत भनिएको स्रेस्तेदार इन्द्रकमल प्रधानले बताउनुभयो ।
बलात्कार गरेको अभियोगमा प्रहरीले राईलाई ०६८ चैत १५ गते प्रहरीले पक्राउ गरेको थियो । महेश्वरी म... ]]></description>
यूकेकी नेपाल सुन्दरी पुस्तक बाँड्दै जाजरकोटमा
      <description><![CDATA[ राजेन्द्र कार्की/उज्यालो
जाजरकोट, असार ५ – मिस युके नेपाल सुन्दरी २०११ की विजेता गौमाया गुरुङ स्कुले विद्यार्थीलाई पुस्तक र शैक्षिक सामग्री वितरण गर्न जाजरकोट आइपुगेकी छन् ।
बेलायतमा वस्ने यी सुन्दरीले बर्षे झरीको प्रवाह नगरी शिक्षा नेपाल, हिमालयन क्लाइमेट इनिसियटिभ र द जेन नेप कार्यक्रमसँग मिलेर यहाँका विद्यार्थीलाई शैक्षिक समग्री वितरण गदै हिडेकी हुन् ।
‘एउटा किताब साक्षरता अभियान’ लाई अघि सारेर जाजरकोट आइपुगेकी गौमायाले बुधवार सदरमुकामको त्रिभुवन उच्च माविका विद्यार्थीलाई... ]]></description>
बाढीपीडितका सामान चोरियो
      <description><![CDATA[ शंकर धामी/उज्यालो
दार्चुला, असार ५ – दार्चुला सदरमुकाम खलङ्गाका बाढीपीडितहरुको सामान चोरी हुन थालेको छ ।
महाकाली नदीमा आएको बाढीले बगाउन थालेपछि घरबाट निकालिएका खाद्यान्न, कपडा लगायतका सामग्रीहरु खुल्ला ठाउँमा राख्नुपर्दा चोरी भएको पीडितहरुले बताएका छन् ।
घरका फर्निचर, खाद्यान्न र कपडा सबै सामानहरु सुरक्षित ठाउँमा राख्न नपाउँदा चोरी भइरहेको खलंगा २ का नैनसिह कुँवरले बताउनुभयो । सरकारले घटना भएको ३ दिन वितिसक्दा पनि खाद्यान्न र टेन्ट जस्ता आधारभूत सामान पनि दिन नसकेको उहाँले गुनासो गर्नु... ]]></description>
बाढीले बगाउँदा सुर्खेतमा वालकको मृत्यु
      <description><![CDATA[ सुर्खेत, असार ५ - लगातारको वर्षपछि आएको बाढीमा परि सुर्खेतको खानीखोला गाउँ विकास समितिमा एक वालकको ज्यान गएको छ ।
चोल्पा खोलामा आएको वाढीले वगाउँदा खानीखोला ६ का वलवहादुर बुढा मगरका ६ वर्षका छोरा प्रकाशको ज्यान गएको प्रहरीले जनाएको छ ।
विद्यालयवाट घर फर्कदै गर्दा खानीखोला र डाडाखाली गाउँ विकास समितिबीचमा पर्ने खोलाले मंगलवार बगाएको थियो । वालकको शव भल्टाकुरा भन्ने ठाउँमा वुधवार भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ]]></description>
बाढी घटेपछि विस्थापितहरु घर फर्किए
      <description><![CDATA[ भावुक योगी/उज्यालो
बर्दिया, असार ५ – कर्णालीमा पानीको सतह घटेपछि बर्दियामा जनजीवन सामान्य बन्न थालेको छ । विस्थापित भएकाहरु बाढी घटेपछि पीडितहरु घर फर्किन थालेका छन् ।
बाढीले घर भत्काएको, बगाएको र हिलो पानी रहेका दौलतपुर गाविस सहित अन्य गाउँका धेरैजसो परिवार भने राजापुर बजारमा आश्रय लिएर बसेका छन् ।
दुई दिनदेखि नदी छेउछाउमा फसेका ३५ जनाको बुधबार उद्दार गरिएको छ । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गेरुवा नदीको कोठियाघाट पुल नजिक काम गर्ने क्रममा फसेका उनीहरुलाई स्टिमर र सेनाक... ]]></description>
हेलिकप्टर दुर्घटनामा १ को ज्यान गयो, ४ घाइते
      <description><![CDATA[ हुम्ला, असार ५ – हुम्लाको मुचु गाविसको तुम्कोटमा फिष्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।
चीनको सिमाना हिल्साबाट हुम्ला सदरमुकाम सिमकोटका लागि उडेको हेलिकप्टर दुर्घटना हुँदा नागरिक उड्ययन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख टेकवहादुर पातलीको ज्यान गएको प्रहरीले जनाएको छ ।
हेलिकप्टरका क्याप्टेन डेभिड, गोविन्द लामा, एडी शेर्पा, प्रज्वल भट्टराई, र दिलक श्रेष्ठको हुम्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले... ]]></description>
बाढी पीडितलाई राहत दिन एमालेको माग
      <description><![CDATA[ काठमाडौं, असार ५ - नेकपा एमालेले बाढी पीडित तथा प्रभावित ब्यक्तिहरुलाई प्रभावकारी ढंगले राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकार समक्ष माग पनि गरेको छ ।
एमाले कार्यालय बल्खुमा बसेको एमाले स्थायी कमिटिको बैठकले राहत तथा उद्धारको काममा सक्रियतापूर्वक लाग्न स्थानीय पार्टी कमिटि तथा कार्यकर्ताहरुलाई निर्देशन पनि दिएको छ ।
अविरल बर्षाको कारणले गर्दा दार्चुला, कञ्चनपुर, कैलाली, बझाङ, अछाम, डोटी, बर्दिया, दैलेख, रुपन्देही, गुल्मी, नवलपरासी लगायत देशका विभिन्न भागहरुमा ठूलो मात्रामा जन–धनको क्षति... ]]></description>
आरक्षका पाल्तु हात्तीलाई क्षयरोग
      <description><![CDATA[ केसी लामिछाने/उज्यालो । विरगञ्ज, असार ५ – पर्सा वन्य जन्तु आरक्ष अमलेखगञ्जमा पालिएका अधिकांश हात्तीमा क्षयरोगको संक्रमण देखा परेको छ ।
आरक्षको अमलेखगञ्जस्थित हात्तीसारमा पालिएका ११ मध्ये ६ हात्तीमा  क्षयरोग देखापरेको हो । उमेरले भर्खर ८ बर्षमात्र पुगेका नारायणगज र कामिनी कलीमासमेत संक्रमण पाइएको छ ।  
अन्यमा पनि सर्न सक्ने आशंकामा कार्यालयले बाँकी हात्तीलाई भने हात्तीसार बाहिरको पोष्टमा पठाएको छ ।
आरक्ष कार्यालयका अनुसार नारायण गज र कामिनी कलीसहित मेनका कली, इन्दाकली, राजकली, र... ]]></description>
गंगा दशहरा मेलामा २५ सयले नुहाए
      <description><![CDATA[ रसुवा, असार ५ – रसुवाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईकुण्डमा यसवर्षको गंगा दशहरा मेला सकिएको छ । जेठ २६ गते शुरु भएको मेला १० दिनपछि मंगलबार सकिएको हो ।
मेलामा देशका बिभिन्न ठाउँका करिब २५ सय भत्तजनहरुले गोसाईकुण्ड स्नान गरेका गोसाइकुण्ड क्षेत्र विकास समिति अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो ।
गोसाइकुण्डमा स्नान गरी गोसाईबाबा भगवान शिवको दर्शन गर्नाले पापबाट मुक्ति पाउने, आफ्ना पितृहरु तर्नुको साथै आफुले चिताएको सवै मनोकांक्षा पुरा हुने विश्वासका साथ हिन्दु धर्माबलम्बीहरु स्नान गर्न आउँछ... ]]></description>
स्वास्थ्य मन्त्रालयमा लैङ्गिक अल्पसंख्यकको धर्ना
      <description><![CDATA[ काठमाडौ, असार ५ – राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सम्झौता अनुसारको रकम नदिएको भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका छन् ।
एचआइभी संक्रमितका लागि काम गर्न सम्झौता भएको रकम केन्द्रले विगत १० महिनादेखि नदिएको भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका हुन् ।
केन्द्रले लामो समयदेखि रकम निकासा नगर्दा ३ सय ५० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक कर्मचारी तलव विहिन भएका नीलहिरा समाजले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने बज... ]]></description>
हाम्रो शिक्षा प्रणाली नै धमिलो छ : भट्टराई
      <description><![CDATA[ काठमाडौ, असार ५ – एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बावुराम भट्टराईले वर्तमान शिक्षा प्रणाली धमिलो भएको बताउनुभएको छ ।
पुरानो र धमिलो शिक्षा प्रणालीकै कारण एसएलसीको नतिजा खस्केको भट्टराईको भनाई छ ।
अखिल क्रान्तिकारीले एसएलसीको नजिता खस्कनुमा दोषी को ? भन्ने बिषयमा बुधबार गरेको कार्यक्रममा २०२६ का एसएलसीका बोर्ड फस्ट समेत रहेका डा. भट्टराईले समग्र शिक्षा नीति र परीक्षा प्रणालीकै कारण शिक्षाको स्तर खस्केको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो ‘धनी र गरिबको लागि देशम... ]]></description>
चुनाबमैत्री वातावरण बनिसक्यो : रेग्मी
      <description><![CDATA[ काठमाडौ, असार ५ – मंसिर ४ गतेका लागि संविधानसभा चुनावको मिति घोषणा गरेको सरकारले निर्वाचन मैत्री वातावरण तयार भएको दावी गरेको छ ।
मिति घोषणासँगै देशमा उत्साह र उमंग छाएको बताउँदै अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचन मैत्री वातावरण तयार भएको दावी गर्नु भएको हो ।
नेपाल स्काउटको हिरक महोत्सवका अवसरमा बुधबार काठमाडौमा भएको कार्यक्रममा अध्यक्ष रेग्मीले निष्पक्ष, स्वतन्त्र र भय रहित तरिकाले चुनाव गराउने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।
उहाँले आ–आफ्नो भूमिका निर्वाह ग... ]]></description>
५० लाख लुट्ने मध्येका एक पक्राउ
      <description><![CDATA[ जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, असार ५ - महोत्तरीको गौशालाबाट एक हप्ताअघि ५० लाख रुपैयाँ लुट्ने मध्येका एक जनालाई प्रहरीले सर्लाहीको लालबन्दीबाट पक्राउ गरेको छ ।
लालबन्दी– २ घर भएका रविन्द्र मोक्तानलाई प्रहरीले विहान घरमै सुतिरहेको अवस्थामा पक्राउ गरको हो ।
पक्राउपछि प्रहरीले मोक्तानलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको छ । गएको जेठ २९ गते दिउँसो गौशालामा रहेको सहयोगी बिकास बैंकको ५० लाख रुपैयाँ लुटिएको थियो ।
जनकपुरमा रहेको नेपाल राष्ट्र बैंकबाट निकालिएको रकम सहयोगी बि... ]]></description>