कानुनमन्त्रीले माफी माग्दै भने: नेपाली छात्राका समस्या उजागर गरेको हुँ

 साउन ६, २०७५ आइतबार १७:५५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - बंगलादेशमा चिकित्सा शिक्षा पढेका छात्राहरुको बारेमा अमर्यादित टिप्पणी गरेको भन्दै आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङले माफी माग्नुभएको छ ।

आफ्नो भाषणले बंगलादेशमा पढेका नेपाली छात्राहरुलाई चोट पर्न गएको भन्दै उहाँले माफी माग्नुभएको हो ।

 

 

आइतबार विज्ञप्ति निकालेर उहाँले भाषणमा आफूले बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको समस्या उजागर गरेको दावी गर्नुभएकाे छ ।

‘बंगलादेशमा हाल २००० भनदा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षा अध्ययनरत रहेको अवस्था छ । ती विद्यार्थीहरुले बंगलादेशमा भोग्नसपरेका केही समस्यालाई मैले उजागर गरेको हो’, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया