Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

351_Desh Paradesh 2019_03_19

कार्यक्रम देश परदेशको अंक ३५१ औं अंकमा सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक मार्फत गरेको कानुन संशोधनबाट वैदेशिक रोजगारी सम्बन्धी कानुनमा भएको संशोधनका बारेमा छलफल गर्दैछौं । कानुनमा भएको संशोधनका बारेमा अधिवक्ता कृष्ण न्यौपानेले बताउनु हुनेछ । कानुनमा भएको संशोधनमा व्यवसायी भने सन्तुष्ट छैनन् । किन त यस बारेमा वैदेशिक रोजगार व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद भान्तानाका कुरा सुन्नेछौं । कोरियन भाषा परीक्षामा यो वर्षबाट आएको परिवर्तनका बारेमा इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालसँगको कुराकानी सुन्न सक्नुहुनेछ भने दिदीबहिनीका कुरामा काठमाण्डौंमा १० वर्षदेखि घरेलु श्रमिकको काम गर्दै आएकी गोमा भण्डारीको अनुभव सुनाउनेछौं ।