Ujyaalo Online

खुल्ला धरती खुल्ला आकाश

कार्यक्रम खुल्ला धरती खुल्ला आकाशमा हामी महिला र बालिका माथि हुने हिंसाका कारणहरु खोजी गछौं र समस्या समाधानका उपायहरु बारे छलफल गछौैं । अनि महिला हिँसा न्यूनीकरणका लागि समाज, स्थानीय निकाय र केन्द्रिय स्तरबाट गर्नुपर्ने नीति नियमका बारेमा पहल गर्छौं । यो कार्यक्रम उज्यालो मल्टिमिडीयाले इहाबm नेपालको सहकार्यमा तयार पारेको हो । रेडियो कार्यक्रमखुल्ला धरती, खुल्ला आकाश काठमाण्डौमा उज्यालो रेडियो नेटवर्कसँगै बाँकेमा कृष्णसार एफएम, बैतडीमा निङलासैन एफएम, दैलेखमा रेडियो ज्वाला, मकवानपुरको रेडियो मनहरामा  हरेक शुक्रबार साँझ ६ः३० देखि ७ बजे सम्म एकै साथ सुन्न सकिन्छ । रौतहटमा भने राजदेवी एफएमबाट  शुक्रबार  साँझ ७ बजे र कालिकोटको रेडियो नयां कर्णालीमा शुक्रबार साँझ सवा ६ बजेदेखि आधाघण्टासम्म प्रसारण हुन्छ । साथै यो कार्यक्रम आफुले चाहेका बेला  डाउनलोड गरेर सुन्न  सकिन्छ ।

Khulla Dharati Khulla Aakash 2019-05-31