Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

405_Desh Pardesh 2020-03-31

कार्यक्रम देश परदेशको ४०५ औं अंक तपाईले काम गरिरहेको देशका सरकार र नेपालका दूतावासले कोरोना प्रभावित कामदारका लागि के गर्दैछन् भन्ने विषयमा आजको देशपरदेश केन्द्रित छ । कोरोनाका कारण बिदेशमा समस्यामा परेका नेपाली नागरिकका समस्या समाधान गर्न सरकारले गरिरहेको कामबारे परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीसँगको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ ।  भिसा र करार अवधि सकियो, टिकट काटिसकेको भए पनि घर फर्कन पाइएन ? यस्तो अवस्थामा रहेका श्रमिकलाई परदेशमा रहेका नेपाली दूतावासले के कस्तो सहयोग गर्छन त ? श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेको जवाफ । कोरोनाको कारण उत्पन्न अप्ठेरो परिस्थितिकै कारण स्वदेश फर्कन नपाउँदा भिसा, करार, आइडीकार्ड आदीका कारण समस्यामा परे गन्तव्य देशले यस्ता समस्या समाधानका लागि के प्रावधान ल्याएका छन् त ? भन्ने जानकारी पनि कार्यक्रममा समावेश छ । अनि साथमा छन्, तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र तपाईँका रुचिका विषय समेटिएको राउण्ड अफ पनि ।