Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

317th Desh Paradesh 2018-07-24

कार्यक्रम देश परदेशको अंक ३१७ विदेशबाट फर्किएर उद्यम गरिरहेकाहरुका कुरा र सरकारले यस्ता युवालाई दिने अनुदानका बारेमा केन्द्रित छ 
आज कार्यक्रममा युएईमा १५ बर्ष काम गरेर नेपाल फर्केपछि बितेका १० बर्षमा करोडपति भएका शम्भु अर्यालका कुरा सुनाउँछौं ।  ४० महिना काम गरेर स्वदेश फर्केपछि अलैंची खेती गरेका व्यवसायी देवीप्रसाद खत्रीको सफलताको कथा अनि विदेशबाट फर्किएर कृषि र उद्योग मा लगानी गर्नेहरुलाई सरकारले के सहयोग गर्छ त भन्ने बारेमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको योजना महाशाखाका वरिष्ठ कृषि अर्थविज्ञ मनिरत्न अर्यालसँग गरिएको कुराकानी पनि लिएर आएका छौं ।
दिदी बहिनीका कुरा स्तम्भमा विदेशको दुःख देखेर र भोगेर फर्किएपछि सिलाईकटाईको काम गरेर परिवार चलाइरहेकी उदयपुरकी शिला तामाङको भोगाई सुन्छौं । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ ।