रोलरले किचेर प्राविधिकको मृत्यु

 कात्तिक ३०, २०७५ शुक्रबार १०:४४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – सडक बनाउने रोलरले किचेर रुपन्देहीमा एकजना प्राविधिकको ज्यान गएको छ । 

व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवलको निर्माण कार्यमा संलग्न सुपरभाइजर पाल्पाका प्रविण पाण्डेको ज्यान गएको हो ।

पाण्डेको मणिग्राम नजिकै बिहीबार साँझ सडक बनाउने रोलरले किचेर ज्यान गएको सडक विस्तार आयोजनाका इन्जिनियर महेश्वर लम्सालले जानकारी दिनुभयो । 

बेलबास बेथरी सडक आयोजनाको निर्माण कम्पनीमा कार्यरत पाण्डे २ महिना अघि मात्रै व्यापारीक मार्ग विस्तार आयोजना बेलहिया बुटवलमा आएका थिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया