कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
तेह्रथुम – जिल्ला प्रशासन कार्यालय तेह्रथुमले सीसी क्यामेरा जडान गर्ने कार्यालय, संघ–संस्था र व्यक्तिहरुलाई अनुमति लिएर मात्रै जडान गर्न आग्रह गरेको छ ।
कार्यालयले सीसी क्यामेरा जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ जारी भएको भन्दै सोही कार्यविधि बमोजिम अनुमति लिएर मात्रै जडान तथा सञ्चालन गर्न सूचित गरेको हो ।
कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै अनुमति नलिई सीसी क्यामेरा जडान गरेकाहरुलाई समेत अनिवार्य अनुमति लिन भनेको छ । कार्यालयले अनुमतिका लागि प्रयोजन खुलेको निवेदन, नागरिकता, घर नक्सा र जग्गा धनीपूर्जाको प्रतिलिपि तथा स्थानीय तहको सिफारिस लिएर आवेदन गर्न सूचनामा उल्लेख गरेको छ ।
कार्यविधिले तोकेबमोजिम सीसी क्यामेराबाट खिचिएका श्रव्यदृश्य तथा अन्य विद्युतीय चित्रहरु गोप्य एवम् न्युनतम ३ महिनासम्म सुरक्षित राख्नुपर्ने, सीसी क्यामेरा जडान भएको सूचना ठाउँ–ठाउँमा राख्नुपर्ने तथा मानव अधिकार हनन् नहुने गरी जडान गर्न नपाइने समेत प्रशासनले जनाएको छ ।
अनुमति नलिई सीसी क्यामरा जडान तथा सञ्चालन गर्नेहरुलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही हुनसक्ने समेत प्रशासनले जनाएको छ ।