सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – रेमिटेन्स सेवाप्रदायक कम्पनी आईएमईले पर्वहरूलाई लक्षित गदै ल्याएकाे ‘दशैंमा २० लाख’ योजनाको पहिलो विजेता नेत्र बहादुर मल्ल बनेका छन् ।
उनले जापानको क्योदाइ रेमिटेन्सबाट नेपालमा आईएमई गरेका थिए । विजेता मल्लको पुरस्कार आईएमईका सिईओ सुमन पोखरेलले मल्लकै सिफारिसअनुसार रीता सुनुवारलाई हस्तान्तरण गर्नुभयो ।
योजना असोज ७ गते सुरु भएको र मङ्सीर मसान्तसम्म लागु हुने र योजनामा विदेश तथा स्वदेशबाट आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने बताइएको छ ।
हरेक दिन १० जना भाग्यशाली विजेतालाई ‘आइएमई पे’ मार्फत १००० को बिल भुक्तानी, हरेक हप्ता १ जनालाई १०,००० नगद, हरेक महिना १ जनालाई १ लाख
नगद तथा बम्परमा १ जना लाई २० लाख नगद प्रदान गरिने आईएमईले जनाएको छ ।