जीप दुर्घटनामा चालकको मृत्यु

 कात्तिक ३०, २०७५ शुक्रबार १८:१७:४८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा शुक्रबार जीप दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ । 

से १ ज ५६२ नम्बरको जीप दुर्घटनामा परि चालक मष्टा गाँउपालिका वडा नम्बर–२ तुती बस्ने ३२ वर्षीय किरण धामीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्ष्यदर्शी राजेन्द्र खड्काले बताउनु भयो ।

सदरमुकाम चैनपुरबाट जिल्लाभित्रै मष्टा गाँउपालिकाको खेतकोटसम्म यात्रु पुर्याई फर्कन लाग्दा ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको हो ।

जीप सडकबाट झण्डै १५० मिटर तल खसेको र प्रहरीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

धामीेले जीप किनेर चलाउन थालेको २ महिना मात्रै भएको जनाइएको छ । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया