जनकपुरका एक युवकले बनाए साइबर अपराध नियन्त्रण गर्ने यन्त्र

 जेठ २७, २०७५ आइतबार २०:१५:२७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरका एक युवकले भीडभाड एवं सार्वजनिक स्थलमा हुने साइबर अपराध नियन्त्रण गर्ने यन्त्र बनाएका छन् ।

जनकपुर उपमहानगरपालिका ९ बस्ने विष्णु कुँवरका छोरा २७ वर्षका सुभाष कुँवरले यो यन्त्र बनाउनुभएको हो । कम्प्युटर इञ्जिनियर पढेका सुभाषले दुई वर्षअघि बनाएको एटीआई यन्त्र केही दिनअघि जनकपुर विमानस्थलमा जडान गर्नुभएको थियो ।

जनकपुर विमानस्थलमा एटीआई यन्त्रणको परीक्षण गरेका कुँवरले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी आफूले बनाएको यन्त्रबारे जानकारी दिनुभएको हो । प्रदेश नम्बर २ का समाजिक विकास मन्त्री नवल किशोर साहको उपस्थितिमा एटीआई यन्त्रको विषयमा जानकारी दिइएको हो ।

कुँवरले यस यन्त्रको प्रयोगले पर्यटकलगायत सर्वसाधारणहरुलाई फाइदा हुने र साइबर अपराध लगायत अबान्छित गतिविधिहरु नियन्त्रण गर्न सहायक हुने बताउनुभयो ।पहिलो पटक एटीआई यन्त्र निर्माण गरेकाले सरकारबाट यसको जडान गर्ने अनुमति पाउन समस्या भएको तर पहिलो पटक स्थानीय प्रहरी प्रशासनको सहयोगमा जनकपुर विमानस्थलमा राखेर परिक्षण गरेको कुँवरको भनाई छ ।

उहाँले यो यन्त्रण विश्वमै पहिलो पटक आफूले बनाएको र एउटा एटीआई यन्त्रा निर्माण गर्न कम्तिमा डेढदेखि २ लाख रुपैयाँसम्म पर्ने बताउनुभयो । 

आविष्कारक सुभाष कुँवरका अनुसार के हो एटीआई यन्त्र ?

एटीआई यन्त्र भनेको अंग्रेजीमा एनी टाईम ईन्टरनेट सेवा हो । यो चौबीसै घण्टा फ्री इन्टरनेट अथवा वाईफाई सेवा जस्तै हुन्छ ।

तर यसको प्रयोग गर्न पसवर्ड हाल्नु पर्छ । जुन पासवर्ड एटीआई यन्त्रबाट लिन सकिन्छ । फ्री र्वाइफाई जडान गर्न र ठाउँको विषयमा विषेश जानकारी लिन चाहने व्यक्तिले जडान गरिएको एटीआई यन्त्रबाट पासवर्ड लिन सक्छन् ।

वाईफाई प्रयोग गर्न चाहने व्यक्तिले एटीआई यन्त्रबाट पासवर्ड लिन प्रेसस्वीच थिच्नु पर्छ । जसले वाईफाई कनेक्टको लागि पासवर्ड अर्थात युजरनेमसहितको एउटा एटीएमको पर्चि जस्तै पेपर दिन्छ । जसमा पासवर्ड हुन्छ ।

व्यक्ति पिच्छे पासवर्ड फरक हुन्छ । एटीआई मेसिनबाट वासवर्ड लिन गएका व्यक्तिले प्रेस स्वीच थिच्ने बित्तिकै यन्त्रले उसको फोटो खिच्नुको साथै पसवर्डसहितको एउटा कागज दिन्छ । र पासवर्ड राखेर इन्टरनेट कनेक्ट गर्दा उसको अन्य केही समान्य जानकारी समेत एटीआई  यन्त्रणले क्याच गर्छ ।

यन्त्रमा जडान गरेको सिस्टम अनुसार एक घण्टा वा बढी ५–१० घण्टासम्म मात्र रहन्छ । तर अहिले जनकपुर विमानस्थलमा जडान गरिएको एटीआई यन्त्रमा एक घण्टाको सिस्टम राखिएको छ । जुन एक घण्टा मात्र कुनै पनि व्यक्तिले कनेक्ट गरेर प्रयोग गर्न सक्छन्  । 

त्यसपछि स्वतः इन्टरनेट डि–सकनेक्ट हुन्छ । जनकपुर विमानस्थलमा आउनेजाने यात्रुहरु बढीमा एक घण्टा पर्खने हुनाले त्यतिञ्जेलसम्म त्यहाँका यात्रुहरुले फ्रि–ईन्टरनेट सुविधाको लाभ लिन सक्छन् ।

र यदि कुनै त्यो इन्टरनेट प्रयोग कर्ताले कुनै साइबर अपराध वा अन्य गतिविधि गरेमा तुरन्त जानकारी हुन्छ । र उसलाई तुरन्त चिन्न र पक्राउ गर्न  सकिन्छ ।
जनकपुर विमानस्थलमा जडान गरिएको एटीआई यन्त्रणमा जनकपुरका अन्य जानकारीसहित प्लेन कति बजे आउने–जाने समेतका जानकारीहरु पाउन सकिन्छ । यो सेवा एकपटकमा २ सयभन्दा बढीले प्रायोग गर्न सक्छन् ।

यस एटीआई  यन्त्रको प्रयोगले सार्वजनिकस्थल वा कुनै संघसंस्थामा हुने साइबर अपराध र अन्य आराधिक गतिविधिलाई समेत नियन्त्रण गर्न मदत गर्छ । एटीआई यन्त्रणमा जुनसुकै कम्पनीको ईन्टरनेट प्रयोग गरेर जडान गर्न सकिन्छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • प्रदिप कुशवाहा

    June 11, 2018, 9:28 p.m.

    मधेशीहरुको लागि गौरवको कुरा हो । मधेशमा यस्तो प्रतिभा लाखौ युवाहरु छन । तर नेपाल सरकारले ध्यान नदिएकोले केही गर्न नसकेको अवस्था छ। त्यसै ले प्रदेश न 2 को सरकारले ध्यान देओस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया