सानिमा लाइफ इन्स्याेरेन्सले ल्यायाे नवीनतम दम्पती बीमा याेजना

 कात्तिक ३०, २०७५ शुक्रबार २०:४३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सानिमा लाइफ इन्स्याेरेन्सले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुलाई  लक्षित गरी  नवीनतम सानिमा दम्पती ९सावधिक० जीवन बीमा योजना ल्याएको छ ।

 यस योजनामा एउटै बीमा लेखमा श्रीमान तथा श्रीमतीले जीवन बीमा पाउन सक्छन् । 

कम्पनीले आर्जन गरेको मुनाफामा सरिक भई आर्थिक सुरक्षा तथा बचत गर्न पाइने हुँदा जीवन बीमाको क्षेत्रमा उत्तम योजना सावित हुने बैंकले विश्वास गरेको छ । यसका लागि न्यूनतम बीमाङ्क ५०,००० रुपैयाँ हुनुपर्नेछ भने अधिकतमका लागि कुनै सीमा छैन । 

बीमाका लागि कम्तीमा २१ वर्ष पुगेको र ५० वर्ष ननाघेको हुनुपर्नेछ । साथै बीमा घटीम १५ वर्ष र बढीमा ३०वर्ष अवधिको हुने साथै बीमा समाप्त हुनेबेलाको उमेर हद बढीमा ७० वर्ष तोकिएको छ ।

योजना अन्तर्गतको अन्य शर्त एवं सुविधाहरु यस्ता छन् :

बीमाङ्क रकम भुक्तानी दिने अवस्था

- बीमा समाप्ति मितिमा दुवै वा कुनै एक दम्पती जीवित रहेमा बीमाङ्क र पूरा अवधिको बोनस एक मुष्ट   
प्रदान गरिने छ ।

- बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्थामा बीमित दम्पतीमध्ये कुनै एकको मृत्यु भएमा बीमाङ्क र रकम भुक्तानी गरिनेछ ।
- बीमालेख चालु रहेको अवस्थामा वीमित दम्पतीमध्ये बाँकी जीवित बीमितको मृत्यु भएमा बीमाङ्क समानुपातिक आर्जित बोनस एकमुष्ट भुक्तानी गरिनेछ ।    

सामान्य शर्त तथा सुविधा

यस योजना अन्र्तगत जीवन बीमा गरी न्यूनतम २ वर्षको बीमा शुल्क भुक्तानी पछि बीमालेख चुक्ता बीमालेखको लागि योग्य हुनेछ । त्यस्तो बीमालेखबाट बीमितले चाहेमा समर्पण मूल्य प्राप्त गर्न सकिने छ । 

बीमा समितिबाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले समर्पण मूल्य निर्धारण गरिने छ र बीमालेखको  धितोमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ ।

ऐच्छिक सुविधा

बीमितले यस योजनामा थप बीमा शुल्क तिरी पूरक करारको रुपमा दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग/अशक्त सुविधा लिन सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया