श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग कार्यालय आज पनि खुल्ने

 मंसिर १, २०७५ शनिबार ७:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वैदेशिक रोजगार विभागले आज पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । 

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्याधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । 

आज बिहान १० देखि दिउँसो ३ बजेसम्म काठमाडौं क ताहचलमा रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो । 

कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया