आजदेखि माइक्रोबसका चालक र परिचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

 मंसिर १, २०७५ शनिबार ८:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकामा गुड्ने माइक्रोका चालक र परिचालकले आजदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । 

उपत्यकाका सबै रुटमा चल्ने माइक्रोका चालकले सुन्तला रंगको र परिचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको महानगरीय ट्राफिक  प्रहरी महाशाखाले जनाएको छ । यस्तै माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुटसहितको प्लेट पनि राख्नुपर्नेछ ।

गएको भदौ ६ गतेदेखि ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरेको महाशाखाले आजदेखि माइक्रोका चालक र परिचालकको लागि अनि अनिवार्य गरेको हो । 

पहिलो चरणमा फ्लोरेसेन्ट ज्याकेट नलगाउने चालक तथा परिचालकलाई सम्झाइबुझाइ गर्ने तर त्यसपछि पनि नमाने जरिवाना तिराइने महाशाखाले जनाएको छ । महाशाखाका तत्कालीन प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन सुरुआत गरे पनि माइक्रोबसका चालक तथा सहचालकले नलगाई अटेर गर्दै आएका थिए ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया