२८ हजार अमेरिकी डलरसहित दुई जना पक्राउ

 मंसिर १, २०७५ शनिबार १२:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा –  २८ हजार ६ सय अमेरिकी डलरसहित दुई जना पक्राउ परेका छन् । 

काठमाडौंबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियो चेकको क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चितवन जिल्लाको रत्ननगर नगरपालिका–७, टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट जिल्लाको गुजरा नगरपालिका–९, सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकासप्रसाद चौधरी रहेका छन् ।

उनीहरुलाई गोसाइँकुण्ड गाउँपालिका–६, त्रिशुली खोलाबाट आज बिहान ८.४५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
पक्राउ परेका दुवै जनालाई राजश्व अनुसन्धानमा बुझाइने प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताउनुभयो  ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया