डडेलधुरा जीप दुर्घटना अपडेट: घाइते भएका १७ जनाकै परिचय खुल्याे

 मंसिर १, २०७५ शनिबार १६:१:१७ | रासस
unn.prixa.net

डडेल्धुरा - डडेलधुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुर्इ जनाको मृत्युसँगै घाइते भएका १७ जनाकाे परिचय खुलेकाे छ। 

शनिबार भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र भागेश्वर गाउँपालिका–३ का सवारी धनी ४५ वर्षीय दीपेन्द्र शाहीको घटनास्थलमा मृत्यु भएको थियाे । 

दुर्घटनामा १७ जना घाइते भएका थिए । घाइते हुनेमा भागेश्वर गाउँपालिका–३ का तीन वर्षीय एलकस नागरी, पाँच वर्षीया अपेक्षा शाही, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नवीन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीया माया नागरी, ५० वर्षीय शिवी सार्की, धनगढी उपमहानगरपालिका–१४ कनरीका २६ वर्षीय केशव मल्ल, बैतडी तल्लो सोराड–४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीया शर्मिला अवस्थी, बैतडी शिवनाथका ३० वर्षीय सिद्ध महता, काठमाडाैं ज्ञानेश्वर–३० की अशोक कुँवर थापा र बैतडी मेलौली–८ बस्ने १८ वर्षीया लक्ष्मी विष्ट रहेका छन् । 

घाइतेको डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकी बैतडीको मेलौली–८ बस्ने १८ वर्षीया गौरी विष्टलाई धनगढी पठाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया