रत्नजित तामाङ्गलार्इ साताैं पटक पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि

 मंसिर १, २०७५ शनिबार १७:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौ पटक च्याम्पियन बनेका छन् ।

योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा एपीएफका दीपेश धामीलाई सोझो सेटमा पराजित गर्दै लगातार सातौं पटक उपाधि जित्न सफल भए ।

तामाङले धामीमाथि २१–११ तथा २१–६ को सहज जित निकालेका थिए ।

उपाधि विजेता तामाङले नगद ५० हजार सहित ट्रफी हात पारे । उप विजेता बनेका दीपेशले नगद २० हजारमा चित्त बुझाए ।यसैगरी तेश्रो स्थान हात पार्ने सेनाका नविन श्रेष्ठ र रुकेश महर्जन तेस्रो हुँदै नगद दश दश हजार प्राप्त गरे ।

त्रिपुरेश्वरमा रहेकाे कभर्डहलमा शनिबार भएको प्रतियोगिताको महिला एकलतर्फको खेलमा आर्मीकी नङ्गशल देवी तामाङ्गले आफ्नै क्लबकी रशिला महर्जनमाथि जित निकाल्दै उपाधि जितिन् ।

अघिल्लो संस्करणमा जेशिका गुरुङ्गसंग पराजित भएकी नङ्गशलले महर्जनलाई २२–२०, १५–२१ र २१–१८ ले पाखा लगाईन् । तामाङ्गले ५० हजार र उपविजेता महर्जनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

एपीएफका शोभा गौचन र जेशिका गुरुङ्गले तेश्रो स्थान हात पार्दै नगद १०–१० हजार पाएका थिए ।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले उपाधि चुमेको छ ।

रत्न र नविनको जोडीले एपीएफका दिपेश धामी र बिजित थापा मगरको जोडीमाथि २२–२०, २०–२२ र २१–११ को कठिन जित निकाल्दै उपाधी जितेको हो । तेश्रो स्थानमा आर्मीका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपीएफका गौतम कठायत र सुनिल जोशीको जोडी रहे । शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

महिला युगल तर्फ एपीएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको जोडीले उपाधी हात पा¥यो । श्रेष्ठ र गुरुङ्गको जोडीले आर्मीका नङ्गशल तामाङ्ग र रशिला महर्जनको जोडीलाई  सोझो सेटमा पराजित गरेको हो ।

जेष्ट ब्याडमिन्टनकी सिता राई र बाँकेकी संझना शर्मा तथा सेनाका अमिता गिरी र अनुमाया राई जोडी तेस्रो भयो ।

यु —१७ ब्वाईज तर्फ दुवई जुनियर अन्तराष्ट्रिय सेरिजमा स्वर्ण पदक जितेका सिल्क ग्रुपका प्रिन्स दाहालले आर्मीका दिवस शंकरलाई पराजित गरेका थिए । तेश्रो स्थानमा जेष्टका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पा रहे ।

यसैगरी गल्र्स तर्फको खेलमा आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी रञ्जना भट्टलाई पराजित गर्दै उपाधि जितिन् ।

मोरङ्गका रोज पाण्डे र सिमा राजबंशी तेस्रो भए ।

यस्तै मास्टर्स ४५ बर्ष माथिको प्रतियोगितामा आर्मीका सुभाष श्रेष्ठ र भूमि गुरुङ्गको जोडीले बाजी मार्‍यो । यो उनीहरुको लगातार २० औंं उपाधि जित हो । तेश्रो स्थानमा जेष्टका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनिल मान शाक्य र पुर्ण भक्त चित्रकारको जोडी रह्यो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया