डीपीएलमा धनगढी स्टार्सलाई माैसमकाे भर, आजको खेल स्थगित भए प्ल...
फागुन ४, २०७५ शनिबार
काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजना भएको साक्षत्कार कार्यक्रममा बोल्दै महामन्त्री झाले भन्नुभयो, ‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं । काउन्ट डाउन सुरु भैसक्यो । हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । आज चार दिन बितिसक्यो । अब ६ दिन बाँकी छ । हामी अहिले बाध्यकारी अवस्थामा छौं । अब समर्थन फिर्ता लिएर अघि बढ्छौं ।’
नेता झाले आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै दसैँअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराउनुभयो । ‘हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं । तर उहाँले दसैँको टीका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभयो । हामीले चाडपर्व भएकोले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । तर आज चार दिन बितिसक्यो संशोधन प्रक्रिया अघि बढाउने कुनै सुरसार देखाएको छैन् ।’
सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग सिंगो मधेशका नागरिक आक्रोशित रहेको बेला आफूहरुले जोखिम मोलेर समर्थन दिएर हातेमालो गरेको झाले बताउनुभयो । ‘ओलीजीको बारेमा सिंगो मधेशमा नकारात्मक अवस्था थियो । हामीले बहुत ठूलो जोखिम लिएर उहाँसँग हातेमालो गर्यौं । किनकी राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्रु हुँदैन् । हामीले गएको ३ वर्षदेखि वार्ता तथा सम्बादमार्फत संविधान संशोधनबारे समाधान खोज्दै आएका थियौं । तर अहिलेसम्म संविधान संशोधन भएन् ।’
सरकार बनेको ९ महिना बितिसक्दा पनि सरकारले संविधान संशोधनको लागि अहिलेसम्म इमानदार प्रयत्न नगरेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।