अब माइक्रोबसका चालक र सहचालकले पनि ड्रेस लगाउनुपर्ने

 मंसिर १, २०७५ शनिबार १७:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौंं – भाडाको ट्याक्सीपछि काठमाडौं उपत्यकामा सञ्चालित माइक्रोबस  चालक र सहचालकले पनि शनिबारदेखि चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने भएको छ ।

शनिबार काठमाडौंको सुन्धारामा आयोजित एक कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्तले माइक्रोबसका चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरी अभियानको सुरुवात गर्नुभएको हो ।

चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट छ । एक सातासम्म ज्याकेट लगाउनुपर्ने बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने र त्यसपछि ज्याकेट नलगाउनेलाई कारबाही गरिने वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिचानसहितको ज्याकेट लगाउनाले एक रुपता ल्याउनुको साथै सेवाग्राहीको सुरक्षालाई पनि चुस्त राख्ने विश्वास व्यक्त गर्नुभयो । यसले अनुशासित पनि बनाउने उहाँले बताउनुभयो ।

ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत डे«ेस कोडको व्यवस्था गर्नुको साथै ट्याक्सी र माइक्रोबसका चालकको ड्रेस कोडलाई राजधानीबाहिर पनि लैजाने तयारी भइरहेको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया