निष्ट एलपीएल: सिद्धार्थ र लिटिल फ्लावर सेमिफाइनलमा

 मंसिर १, २०७५ शनिबार १९:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर बोर्डिङ स्कुल सेमिफाइनल प्रवेश गरेका छन् । 

शनिबारको पहिलो खेलमा साविक विजेता सिद्धार्थ शिशु सदनले सरस्वती मावि गेटालाई ३२ रनले पराजित गरेकोे छ । जितसङ्गै सिद्धार्थ शिशु सदन सेमिफाइनलमा प्रवेश गरेको छ भने पराजित भएको सरस्वती मावि गेटा प्रतियोगिताबाट बाहिरिएको छ । 

सिद्धार्थले जितको लागि दिएको १ सय ८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १ सय ५६ रन बनाउन सक्यो । 

शनिबारै सम्पन्न दोश्रो खेलमा लिटल फ्लावर स्कुल धनगढीले क्यास्पियन एकेडेमी धनगढीमाथि १७ रनको जित निकालेको छ । जितसङ्गै लिटिल फ्लावर स्कुल धनगढी सेमिफाइनल प्रवेश गरेको छ भने पराजित भएको क्यास्पियन एकेडेमी धनगढी प्रतियोगिताबाट बाहिरिएको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुल धनगढीले जितको लागि दिएको १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको क्यास्पियन एकेडेमी धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय २७ रन बनाउन सक्यो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया