हवाई आक्रमणमा ४३ जना सिरियालीको मृत्यु

 मंसिर २, २०७५ आइतबार ६:४४:१२ | रासस
unn.prixa.net

अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामा चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको ज्यान गएकाे सिरियाली मानव अधिकारवादी संगठनले जनाएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार इस्लामिक स्टेट (आइएस) को प्रभाव क्षेत्र मानिने देइर अजोरको अबु हुसन ग्रामिण इलाकामा भएको कारबाहीमा ३६ परिवारका सदस्य रहेका छन् भने मारिनेमध्ये १७ जना बालबालिका रहेका छन्, । मारिने अन्य सात जनाको परिचय खुल्न सकेको छैन । 

हवाइ कारबाही इराकी सीमा नजिकको सिरियाली भूमिमा भएको थियो । अमेरिकी नेतृत्वको सिरियाली कूर्दिस–अरब गठबन्धन सेनाले जिहादी समूहसँग याे क्षेत्रमा लड्दै आएको सिरियाली डिमोक्रेटिक फोर्सलाई सघाउँदै आएको छ । 

सिरियामा सन् २०११ मा सुरू भएको द्वन्द्वका कारण तीन लाख ६० हजार सिरियालीको ज्यान गएकाे  संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया