काठमाडौंको तापक्रम ६ डिग्री

 मंसिर २, २०७५ आइतबार ८:१०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – तापक्रम घट्दै गएपछि चिसो बढ्दै छ । अाइतबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

शनिबार बिहान ६ दशमलव ३ डिग्री रहेको काठमाडौं उपत्यकाको तापक्रम पौने ९ बजेपछि ६ डिग्रीमा झरेको थियो । अहिले काठमाडौँ उपत्यकाको मौसम सफा छ । 

बिहान केही ठाउँमा हल्का कुहिरो लागेपनि अहिले भने उपत्यकाका धेरैजसो ठाउँमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावले पश्चिमका केही जिल्लामा हल्का पानी पर्नसक्ने र हिमाली जिल्लामा हिमपात हुनसक्ने सम्भावना रहेको मौमसविद शान्ति कँडेलले जानकारी दिनुभयो । 

पश्चिमी वायुको प्रभाव पूर्वतिर पनि सरेकाले दिउँसो काठमाडौँ उपत्यकामा पनि आंशिक बदली हुने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया