‘२.०’ को लागि घण्टौं मेकअप गरेर यसरी तयार हुन्थे अक्षय कुमार

 मंसिर २, २०७५ आइतबार ८:३२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ प्रदर्शनको मिति नजिकिँदै गर्दा दर्शकमाझ उत्सुकता र कौतुहलता दिनप्रतिदिन बढाइरहेको छ । चलचित्र रिलिज हुन केही समय मात्रै बाँकी रहँदा यस चलचित्रको मेकिङ्ग भिडियो सार्वजनिक भएको छ । 

भिडियोमा अभिनेता अक्षय कुमार चलचित्रका लागि कसरी तयार हुन्थे भन्ने कुराको खुलासा भएको छ । अक्षयले आफ्नो भूमिकाको लागि गरेको कडा मेहनत र मेकअपका लागि कसरी घण्टौं समय लाग्थ्यो भन्ने कुरा सार्वजनिक भएको छ । 

चलचित्र ‘२.०’ को ट्रेलर लञ्चको कार्यक्रममासमेत अक्षयले चलचित्रका लागि पहिलो पल्ट यति धेरै मेकअप गर्नुपरेको र चलचित्रका लागि तयार हुन घण्टौं समय लागेको बताएका थिए ।

उनले भनेका थिए ‘यो भूमिका निर्वाह गर्न निकै मुस्किल भएको थियो । किनकी यसका लागि निकै धेरै मेकअप गर्नु पथ्र्यो । यस भूमिकाको लागि लगभग ४ घण्टासम्म मेकअप गर्नु पर्थ्याे भने मेकअप निकाल्न डेढ घण्टा लाग्थ्यो । यति धेरै मेकअप मैले मेरो सारा जिवनमा लगाएको थिएन ।’ 

अक्षयले यस चलचित्रमा मानवहरुको दुश्मनको भूमिका निर्वाह गरेका छन् । जसको रुप एक बाझको जस्तै हुन्छ । सार्वजनिक मेकिङ्ग भिडियोमा अक्षय कुमार कति मुस्कीलहरुको सामना गरेर यस भूमिकाको लागि तयार हुन्थे भन्ने कुरालाई देखाइएको छ 

रजनीकान्त र अक्षय कुमार अभिनित यो चलचित्र नोभेम्बर २९ मा प्रदर्शन हुनेछ । चलचित्रमा अक्षय कुमार र रजनीकान्तसँगै अभिनेत्री एमी ज्याक्सनको पनि महत्वपूर्ण भूमिका रहेको छ । 

चलचित्रको निर्देशन यस अघि फिल्म ‘रोबोट’ को निर्देशन गरिसकेका निर्देशक शंकरले गरेका छन । यस फिल्मलाई बलिउडकै अहिलेसम्मका चलचित्रहरु मध्यको महंगो फिल्म बताइएको छ । यो फिल्म ५५० करोड भारतिय रुपैयाँको बजेटमा तयार भएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया