राेनाल्डाे बिनाकाे पाेर्चुगल यूईएफए नेशन्स लिगको फाइनलमा

 मंसिर २, २०७५ आइतबार ८:४१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

पोर्चुगल यूईएफए नेशन्स लिगको फाइनल चरणमा प्रवेश गरेको छ । राति इटालीसँग गोलरहित बराबरी खेले पनि समूह विजेता हुँदै पोुर्चगलले सेमिफाइनलमा स्थान बनाएको हो ।

लिग ए को समूह तीनमा रहेको पोर्चुगल एक खेल अगावै अर्को चरणका लागि छनोट भएको हो । मिलानस्थित राष्ट्रिय रंगशालामा क्रिष्टियानो रोनाल्डोबिनाको पोर्चुगलबिरुद्ध इटलीले अघिकांश समय बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन ।

समूहमा पोर्चुगलको तीन खेलबाट ७ अंक छ भने इटलीको ४ खेलबाट ५ अंक छ । ३ खेलबाट १ अंक जोडेको पोल्याण्ड लिग एबाट रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ । समूहको अन्तिम खेलमा पोर्चुगल र पोल्याण्ड आमने सामने हुँदैछन् । त्यस खेलको नतिजाले दुवै टोलीले अहिलेको पोजिसनलाई असर गर्नेछैन ।

नेशन्स लिगको लिग ए मा चार समूह छन् । समूहको विजेता टोली फाइनल चरणमा प्रवेश गर्नेछन् । चार टोलीबीच सेमिफाइनल र फाइनल खेल हुनेछ । सेमिफाइनलमा पुग्ने चार टोलीले सन् २०२० को युरोकपमा प्लेअफ खेल्न पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • nischal paudel

    Nov. 20, 2018, 2:21 p.m.

    viva ronaldo

  •  0 Reply

तपाईको प्रतिक्रिया