सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा विश्व सम्झना दिवस मनाइँदै

 मंसिर २, २०७५ आइतबार ११:१६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार विश्व सम्झना दिवस मनाइँदैछ ।

यो दिवस सन् १९९३ मा पहिलो पटक बेलायतमा मनाइएको थियो । संयुक्त राष्ट्रसंघले सन् २००५ मा हरेक नोभेम्बर महिनाको तेस्रो आइतबारलाई सडक दुर्घटना पीडितका लागि मनाउने निर्णय गरेपछि विश्वभरी दिवस मनाउन थालिएको हो ।

नेपालमा अहिले दैनिक ३० वटा दुर्घटना हुने र कम्तीमा ७ जनाले ज्यान गुमाउने गरेको तथ्यांक छ । नेपालमा गत वर्ष सडक दुर्घटनामा परेर २ हजार ५ सय ४१ जनाले ज्यान गुमाएका थिए ।

विश्वमा सडक दुर्घटनामा परेर बर्सेनि झण्डै १३ लाख जनाले ज्यान गुमाउने र ३ देखि ४ करोड मानिस घाइते हुने गरेका छन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया