बसले ट्रकलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

 मंसिर २, २०७५ आइतबार ११:४०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – बसले रोकिराखेको मिनी ट्रकलाई ठक्कर दिँदा ट्रकमा रहेका दुई जनाको ज्यान गएको छ ।

शनिबार मध्यपुर थिमी नगरपालिका ४ मा रहेको क्षयरोग अस्पताल नजिकै बा ५ ख ३७६५ नम्बरको बसले रोकिराखेको बा २ क १६५४ नम्बरको मिनी ट्रकलाई ठक्कर दिएको थियो । 

ठक्करबाट ट्रकभित्र रहेका चालक काभ्रेको बनेपा नगरपालिका ४ नालाका ३४ वर्षका राजेन्द्र श्रेष्ठ र सहचालक त्यहि ठाँउका २८ वर्षका टार्जन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरुको उपचारको क्रममा त्रि.वि. शिक्षण अस्पताल महारजगञ्जमा ज्यान गएको हो । ठक्कर दिने बससहित चालकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया