यी हुन् नेपाली चलचित्रका महंगा नायिका, कति लिन्छन् पारिश्रमिक ?

 मंसिर २, २०७५ आइतबार १२:४६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कुनै समय नायक सरह पारिश्रमिक लिएर मात्र चलचित्रमा अभिनय गर्न तयार हुने नायिका हुन निरुता सिंह । उनी त्यस समयकी महंगी नायिकाका रुपमा चिनिन्थिन् । त्यस्तै पछिल्लो समय केही नायिकाहरु छन् जसले नायक सरहको पारिश्रमिक बुझेर मात्र चलचित्रमा काम गर्न तयार हुने गरका छन् ।

पछिल्लो समय महंगो पारिश्रमिक लिने नायिकाहरु मध्येको पहिलो नम्बरमा आउने नायिका हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह । उनले एक हप्ता अघि मात्र पुनम इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुनलागेको चलचित्रमा १५ लाख पारिश्रमिक लिएर लिखित सम्झौता गरेको खबर बहिरिएको थियो । यस अघि चलचित्र मंगलम निर्देशन गरेका निर्देशक नवल नेपालले निर्देशन गर्ने उक्त चलचित्रमा नायकका रुपमा भने पुष्पल खड्काले काम गर्ने पक्का भइसकेको छ । 

चलचित्रमा कागजी सम्झौता गरेको १ हप्ता पूरा नहुँदै उनी अर्को चलचित्रका निम्ति पनि अनुबन्धित भइसकेको बताइएको छ । निर्देशक हेमराज विसीले निर्देशन गर्न लागेको चलचित्रमा पनि उनले १५ लाख रुपैयाँ नै पारिश्रमिक बुझेको बताइएको छ । सम्राज्ञीले २ हप्तामा ३० लाख पारिश्रमिक लिएको कुराले चलचित्र नगरी त तातिएको छ नै त्यससँगै हेमराज विसीले निर्देशन गर्ने चलचित्रमा नायक प्रदीप खड्का सम्राज्ञीको जोडीका रुपमा प्रस्तुत हुने पक्का भए सँगै उनीहरुको चर्चा थप चुलिएको छ ।

यस अघि पनि धेरै निर्माता तथा निर्देशकहरुले प्रदीप र सम्राज्ञीलाई एउटै चलचित्रमा प्रस्तुत गर्ने कसरत नगरेका हैनन् । दर्शकले पनि यो जोडीलाई एउटै चलचित्रमा हेर्ने चाहाना व्यक्त गरेका थिए । अन्तत दर्शकको त्यो चाहाना निर्देशक हेमराज विसीले पूरा गरिदिने भएका छन् । हेमराजको चलचित्रमा सम्झौता गर्नु अघि सम्राज्ञीले करिव १० भन्दा धेरै चलचित्रहरुको अफरलाई अस्वीकार गरेको श्रोतले बताएको छ । 

यस सगै अभिनेत्री पूजा शर्माले पनि १५ लाख पारिश्रमिक लिएको खबर बाहिरिएको थियो । उनले उक्त रकम लिएर लिखित सम्झौता गरको सम्झौतापत्र नै सामाजिक संजालमार्फत सार्वजनिक गरेकी थिइन् । उनले सुदर्शन थापाले निर्देशन गर्न लागेको बाहिरी व्यानरको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को युनिटबाट उक्त रकम बुझेकी हुन् । चलचित्रका निम्ति नवनायक सोनम थोप्देनले काम गर्ने पक्का भइसकेको छ भने अर्का एक नायकको खोजी भैरहेको छ । नायक आकाश श्रेष्ठ र आर्यन सिग्देल मध्ये एकले काम गर्न सक्ने बुझिएको छ । 

यस्तै महंगो परिश्रमिक लिने अर्की नायिका हुन् नम्रता श्रेष्ठ । उनले पनि चलचित्र ‘प्रसाद’बाट १५ लाख रुपैयाँ नै पारिश्रमिक लिएको बताइएको छ । चलचित्र प्रसाद आउने मंसीर २१ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको छ  । चलचित्र प्रसादलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया