आफ्नै सरकारको कामप्रति नेता सापकोटाको असन्तुष्टि

 मंसिर २, २०७५ आइतबार १६:२०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ने क पाका नेता अग्निप्रसाद सापकोटाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

नेता सापकोटाले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले बलियो सरकारले जनअपेक्षा अनुसार ‘निरन्तरतामा क्रम भंगताका साथ’ काम गर्न नसकेको भन्दै सरकारको कामप्रति असन्तुष्टि जनाउनुभयो ।

नागरिको अपेक्षा अनुसार ने क पा सरकारले देशलाई सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, दण्डहिनता अन्त्यका लागि ठोस कदम चाल्न नसकेको नेता सापकोटाको भनाई छ ।

नेता सापकोटाले आउँदो समयमा बस्ने स्थायी समिति बैठकले सरकारको कामको पनि समीक्षा गर्ने जानकारी दिनुभयो । पार्टीको संगठन एकीकरण सम्बन्धी विवाद टुंगो लगाउन स्थायी समिति बैठक छिट्टै बस्ने उहाँको भनाई थियो ।

नेता सापकोटाले आउँदो मंसिर ६ गते बस्ने पार्टी सचिवालय बैठकले संगठन एकीकरण सम्बन्धी कार्यदलले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया