आलिया भट्टसँग रणबिर कपूरलाई साँच्चै बाँड्न चाहन्छिन् त सारा अली खान?

 मंसिर २, २०७५ आइतबार १६:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खान बलिउडमा डेब्यू गर्नुअघि नै ती अभिनेत्रीहरुको सूचिमा सामेल भइसकिन् जो अभिनेता रणबिर कपूरका लागि मरिहत्ते गरेर पछि लाग्छन् । 

केही दिनअघि करण जोहरको चर्चित शो ‘कफी विद करण’ को छैठौं सिजनको प्रोमो सार्वजनिक भएको थियो । जुन भिडियोमा सारा अली खानले अाफू अभिनेता रणबिर कपूरसँग विवाह गर्न चाहेकाे बताइरहेकी छिन् ।

यो भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । साथै यस विषयमा चर्चा पनि सुरु भएको छ । अहिले सारा अली खान जहाँ जाँदा पनि उनलाई रणबिर कपूरको विषयमा प्रश्न सोधिन थालिएको छ । 

उनी अभिनित फिल्म ‘केदारनाथ’ को एउटा प्रमोशन कार्यक्रममा समेत उनलाई रणबिर कपूरको बारेमा प्रश्न सोधियो जसको जवाफमा साराले भनिन्, ‘मैले रणबिर कपूरसँग विवाह गर्न चाहेको कुरा धेरै समय अघि भनेकी हुँ । तर अब भने म उनीसँग विवाह गर्न चाहन्न ।’

तर अर्को प्रश्नमा ‘आलिया भट्ट तपाईंको मिल्ने साथी हुँदाहुँदै पनि... भनेर सोध्न थालिएको बेला साराले बिचैमा रोक्दै तुरुन्त जवाफमा भनिन्, ‘त्यसले केही फरक पार्दैन, यो सब कुरा चल्छ आजभोलि’ । यति भन्दै सारा आफै हाँस्न थालिन् र भनिन्, ‘म यो के कुरा गरिरहेकी छु !’

यसबाट सारा अली खान पनि रणबिर कपूरसँग जोडिन चाहेको प्रष्ट हुन्छ । तर रणबिर कपूर भने अभिनेत्री आलिया भट्टको गहिरो प्रेममा डुबेका छन् । 
साथै आलिया र रणबिर कपूरको परिवारले समेत उनीहरुको प्रेम सम्बन्धलाई स्वीकार गरिसकेको छ ।

अब यी दुवैले छिट्टै नै विवाह गर्न सक्ने खबरहरु पनि आइरहेका छन् । तसर्थ सारा अली खानको रणबिर कपूरसँग विवाह गर्ने सपना साकार हुन्छ या हुदैन भन्ने कुरा त भविष्यमै थाहा हुनेछ । 
  
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया