घर फर्किए नवदम्पती दीपिका-रणवीर, भवनानी निवासबाट मुस्कुराउँदै गरे अभिवादन

 मंसिर २, २०७५ आइतबार १९:४४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालीको लेक कोमोमा विवाह गरेपछि अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह भारत फर्किएका छन् । 

भारतको मुम्बईमा रहेको रणवीर सिंहको घर भवनानी निवासमा नव दम्पतीलाई भव्य रुपमा स्वागत गरिएको छ । 

भारत फर्किएका नवदम्पतीलाई भारतको एयरपोर्टदेखि नै मिडियाले पछ्याएका थिए । एक अर्काको हात समात्दै एयरपोर्टमा मिडियासामु देखिएका दीपिका रणवीर निकै सुन्दर र खुशी देखिएका थिए । दुवैले मिडियासँग आफ्नो खुशी साटासाट गरेका थिए । 

रणवीर सिंह कुर्ता पाइजामा, रातो ज्याकेट र जुत्तामा ठाँटिएका थिए भने दीपिका पादुकोणले पारम्पारिक कुर्ताका साथ रातो रंगको पछ्यौरा आढेकी थिइन् । साथै सिउँदोमा रातो सिन्दुर, घाँटीमा मंगलसुत्र लगाएकी दीपिका निकै सुन्दर देखिएकी थिइन् । 

दीपिका र रणवीरसँगै रणवीर सिंहका बुवाआमा जगजीत सिंह भवनानी र अन्जु भवनानी पनि साथमै आएका थिए । आज दीपिकालाई रणवीरको घरमा गृह प्रवेश गराइँदैछ । 

भवनानी निवासमा नयाँ दुलाहा–दुलहीलाई भव्य स्वागत गरिएको छ । दीपिकाको नयाँ घर अर्थात रणवीर सिंहको अभिभावकको घर भवनानी निवासबाट दीपिका–रणवीरले मिडिया तथा आफ्ना फ्यानहरुलाई अभिवादन गरेका थिए । 

भारत फर्किएपछि दीपिका–रणवीरले ३ वटा भव्य रिसेप्सन पार्टीको आयोजना गर्नेछन् । यही नोभेम्बर २१ मा दीपिका पादुकोण हुर्किएको स्थान बैंङ्गलोरमा भव्य रिसेप्सन दिइनेछ भने मुम्बईमा रहेको  ग्र्याण्ड हायात होटलमा नोभेम्बर २८ र डिसेम्बर १ मा रिसेप्सन राखिनेछ ।

त्यहाँ बलिउड जगतका अधिकांश हस्तीहरु उपस्थित भएर नव दम्पत्तीलाई शुभकामना दिनेछन् । 

 

याे पनि पढ्नुहाेस् 

दीपिकाले लगाएको औँठीकै मूल्य झण्डै ३ करोड !

सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो

पश्चिम भारतीय रितिरिवाजमा रणवीर र दीपिकाको विवाह, फेरि सिन्धी रितिरिवाजमा विवाह हुने

रणवीरले दीपिकाका लागि किने ३२ लाखको मंगलसुत्र

 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया