पाकिस्तानका गृहमन्त्री इकबालमाथि गोली प्रहार

 बैशाख २४, २०७५ सोमबार ९:५८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख २४ – पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै अहिले खतरामुक्त रहेको बताएका पाकिस्तानी संचार माध्यमले जनाएका छन् । 

गृहमन्त्री इकबाललाई पाखुरामा गोली लागेको खानले बताउनु भएको छ । उहाँलाई पन्जाव प्रान्तको नारोवाल शहरमा भएको कार्यक्रममा गएका बेला गोली लागेको हो ।  गोली लागे लगत्तै उहाँलाई तुरुन्त अस्पताल पुर्‍याइएको थियो । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ ।  गृहमन्त्री इकबालमाथि के कारणले गोली चलाइयो भन्ने बारे खुलेको छैन ।

पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । यस्तै पाकिस्तानका सबै राजनीतिक पार्टीले घटनाको आलोचना गरेका छन् । पाकिस्तानमा अबको केही महिना पछि आम  चुनाव हुँदैछ । चुनाव अघि गृहमन्त्रीमाथि गोली प्रहार भएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया