मच्छेनारायणमा मलमास मेला (भिडियो)

 जेठ २८, २०७५ सोमबार १०:२६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ २८ – काठमाडौंको चन्द्रागिरी नगरपालिकामा पर्ने मच्छेगाउँमा मलमास मेला लागेको छ । हरेक मलमासमा यहाँको मत्स्यनारायण मन्दिरमा मेला लाग्ने गर्छ । जेठ २ गतेदेखि लागेको मेला आउँदो बुधबारसम्म चल्ने मूल व्यवस्थापन समितिले जनाएको छ ।

मलमास मेलाको लागि देशका बिभिन्न ठाउँबाट भक्तजन मच्छेगाउँ पुग्ने गरेका छन् । डिप बोरिङबाट पानी ल्याएर दर्शनार्थीलाई नुहाउने व्यवस्था मिलाइएको छ । 

पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दस अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेका थिए । पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेख छ । गोपालवंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छविकालमा बनेको विश्वास गरिन्छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया