बेलजियमविरुद्ध स्वीट्जरल्याण्डकाे ५ गाेल, पुग्याे सेमिफाइनलमा

 मंसिर ३, २०७५ सोमबार ८:११:११ | उज्यालो सहकर्मी
unn.prixa.net

बेल्जियमलाई स्तब्ध पार्दै स्वीट्जरल्याण्ड यूईएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । हरिस सेफेरोभिचले ह्याट्रिक गरेपछि बेल्जियमको सेमिफाइनल पुग्ने अभियानमा पूर्ण विराम लाग्यो । 

लिग ए अन्तर्गत समूह बीको अन्तिम खेलमा बेल्जियम सहज अवस्थामा थियो । सेमिफाइनल पुग्नका लागि उसलाई बराबरी पर्याप्त थियो भने स्वीट्जरल्याण्डलाई जित्नै पर्ने दबाब थियो । त्यससँगै बेल्जियमले सुरुआतमा नै दुई गोलको अग्रता पनि लिएको थियो । 

तर घरेलु मैदानमा स्वीट्जरल्याण्डले पाहुना टोलीलाई निरीह बनायो । 

थोर्गन हाजार्डले दोस्रो र १७औं मिनेटमा गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाएका थिए ।

२६औं मिनेटमा घरेलु टिमले पेनाल्टी पायो । पेनाल्टीलाई रिकार्डो रोद्रिगेजले गोलमा परिणत गर्दै स्वीट्जरल्याण्डलाई खेलमा फर्काए । ३१ औं मिनेटमा जेर्दन शाकिरीको पासमा सेफेरोभिचले गोल गरेपछि स्वीट्जरल्याण्ड खेल बराबरीमा पुर्‍याउन सफल भयो । 

४४औं मिनेटमा सेफेरोभिचले ब्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा स्वीट्जरल्याण्डले अग्रता लियो । ६२औं मिनेटमा निको अल्भेदीले गोल गर्दै स्वीट्जरल्याण्डको अग्रता ४–२ मा लम्ब्याए । 

पहिलो लेगमा बेल्जियमसँग पराजित भएको स्वीट्जरल्याण्ड यतिमा रोकिएन । ८४औं मिनेटमा सेफेरोभिचले ह्याट्रिक पूरा गर्दै स्वीट्जरल्याण्डलाई ५–२ को जित दिलाए । 

स्वीट्जरल्याण्ड सेमिफाइनलमा पुग्दा यस समूहबाट आइसल्याण्ड भने रेलिगेसनमा परेको छ ।


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया