आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु

 मंसिर ३, २०७५ सोमबार ८:४६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्दैछ । पाँचथरको एकजना ज्येष्ठ नागरिक र सिंहदरबारका एकजना कर्मचारीलाई परिचयपत्र वितरण गरी राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गर्न लागिएको जनाएको छ । 

पहिलो चरणमा  पाँचथरका एकलाख १० हजार नागरिक र सिंहदरबारभित्रका सातहजार कर्मचारीलाई परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले जानकारी दिनुभयो । 

परिचयपत्रका लागि पाँचथरमा ५२ हजार जनाको विवरण सङ्कलन भइसकेको छ । तीन वर्षभित्र देशभरिका १६ वर्ष भन्दा माथिको उमेरका नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको विभागले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया