गुजरात दंगामा प्रधानमन्त्री मोदीलाई दिएको सफाईबारे सर्वोच्च अदालतमा आज सुनुवाई हुँदै

 मंसिर ३, २०७५ सोमबार १०:१३:० | एजेन्सी
unn.prixa.net

सन् २००२ मा भारतको गुजरातमा भएको साम्प्रदायिक दंगाका विषयमा गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई दिईएको सफाइबारे सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।

अहिले भारतका प्रधानमन्त्री रहेका मोदीविरुद्ध कांग्रेसका पूर्व सांसद एहसान जाफरीकी पत्नी जाकियाले दायर गरेको रिटमा भारतको सर्वोच्च अदालतमा सोमबार सुनुवाई हुन लागेको हो । न्यायाधीश एएम खानविलकरसहितको इजलासले त्यसबेला मोदीलाई सफाई दिने विशेष अनुसन्धान दल एसआईटीको प्रतिवेदनमाथि शुक्ष्म अध्ययन गर्दै सुनुवाईका लागि आजको मिति तोकेको हो ।

एसआईटीले गुजरात दंगामा मोदीको विरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै सफाई दिएको थियो । त्यसविरुद्ध जाफरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सन् २००२ मा गुजरातमा भएको हिन्दु र मुसलमानबिचको दंगाका क्रममा झण्डै २ हजार जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया