रियाल, रिंगिट, दिर्हाम र दिनारको मूल्य बढ्यो

 जेठ २८, २०७५ सोमबार १०:२९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७२ पैसा र विक्रिदर २८ रुपैयाँ ८८ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र विक्रिदर २९ रुपैयाँ ७५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३२ पैसा र विक्रिदर २९ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ र विक्रिदर २७ रुपैयाँ १६ रहेको छ । 

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०२ पैसा र विक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ ७५ पैसा रहेको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ६२ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ २१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया