स्वास्थ्य क्षेत्रका झण्डै ४ हजार कर्मचारी सरुवा

 मंसिर ३, २०७५ सोमबार ११:२६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – स्वास्थ्य सेवा विभागले स्वास्थ्य क्षेत्रका करिब ४ हजार कर्मचारी सरुवा गरेको छ । नियमित सरुवा अन्तर्गत ४ हजार कर्मचारीको सरुवा गर्ने कात्तिकको अन्तिम साता मान्त्रालयले निर्णय समेत गरिसकेको स्रोतले जनाएको छ ।
 
‘सरुवाको लागि ३५ हजार निवेदन परेको थियो । जसमध्ये करिब ४ हजारको सरुवा भएको छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले भने ‘तीनदिन भित्र सरुवा हुनेको नामावलीसमेत प्रकाशन हुनेछ ।’

सबभन्दा बढी प्रदेश २ मा सरुवाका लागि निवेदन परेको जनाइएको छ ।  

अन्तिम अपडेट: मंसिर १४, २०७५

तपाईको प्रतिक्रिया