पाल्पामा भएको जीप दुर्घटनामा एक बालकको मृत्यु, ७ जना घाइते

 मंसिर ३, २०७५ सोमबार १२:११:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – रिब्दीकोट गाँउपालिका – ३ सिरुखर्कमा भएको जीप दुर्घटनामा एक वर्षीय बालकको ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।

बाग्लुङ्गवाट बुटवलका लागि छुटेको लु २ च ५०३५ नम्बरको जीप सोमबार बिहान ५ बजे दुर्घटना हुँदा बाग्लुङ्ग बरेङ गाँउपालिका ३ का एक वर्षीय बालक अंकित दर्जीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

घाइते ७ जना मध्ये ५० वर्षीया सरस्वती दर्जीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबै बाग्लुङ्ग बरेङ गाँउपालिका ३ कै हुन् । 

घाइतेहरु चालक ५१ वर्षका मुतmबहादुर खत्री, २० वर्षीय कमल दर्जी, ४३ वर्षीय यामबहादुर नेपाली, २४ वर्षीय विष्णु सुनार, ६३ वर्षीय तुलबहादुर परियार र २१ वर्षीया कमला परियारको तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया