नागरिक लगानी कोषको पैसा झिक्दा कति कर लाग्छ ?

 मंसिर ३, २०७५ सोमबार १६:४५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नागरिक लगानी कोषको बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमको रकम फिर्ता गर्दा लाग्ने करमा कुनै तलमाथि नभएको कोषले जनाएको छ  । 

केही सामाजिक सञ्जालमा नागरिक लगानी कोषअन्तर्गत बचत वृद्धि स्वीकृत अवकाश कोषमा जम्मा भएको पैसा झिक्दा धेरै कर काटिएको गुनासो आएपछि कोषले आज विज्ञप्ति निकालेर कर कट्टामा पुरानै व्यवस्था रहेको जानकारी दिएको छ ।

स्वीकृत अवकाश कोषमा  ५ लाख रुपैयाँसम्म जम्मा भएको रकम फिर्ता भुक्तानी गर्दा कुनै कर नलाग्ने, ५ लाख रुपैयाँ भन्दामाथि  १० लाख रुपैयाँसम्म ५ प्रतिशत  र १० लाख रुपैयाँभन्दा माथि जम्मा भएको रकम फिर्ता भुक्तानी हुँदा उक्त रकमको ५० प्रतिशत घटाई बाँकी रकमको ५ प्रतिशत कर कट्टी गरी भुक्तानी हुने व्यवस्था यथावत कायम रहेको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • suman thapa

    July 21, 2020, 9:04 p.m.

    But i have read NKL will deduct 15% in all the deposits from employee and employer can you please explain this.

  •  0 Reply

तपाईको प्रतिक्रिया