समलिङ्गी यौन सम्बन्धमा आधारित किताब लेख्नेलाई १० वर्षको जेल सजाय

 मंसिर ४, २०७५ मंगलबार ७:३३:५० | एजेन्सी
unn.prixa.net

'गे सेक्स' अर्थात् समलिंगी यौन सम्बन्धमा आधारित किताब लेखेको आरोपमा चीनमा एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि किताब लेखेको र बेचविखन गरेको आरोप छ । 

लिउ नामकी लेखिकालाई ‘अश्लिल सामग्री’ लेखेको तथा त्यसको बिक्री गरेको आरोपमा अन्हुई प्रान्तको एक अदालतले गएको महिना जेल पठाएको हो । 

‘अक्युपेशन’ नामको त्यो उपन्यास पुरुषको समलैंगिक सम्बन्धमा आधारित छ । जसमा याैन गतिविधिकाे बारेमा लेखिएकाे छ । 

लेखिकालाई दिइएको सजायको अवधि लामो भएको भन्दै चीनको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । बेइजिङ न्युजका अनुसार लिउले सजायविरुद्ध मुद्दा दायर गरेकी छिन् ।  चीनमा पोर्नोग्राफी गैरकानुनी हो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया