बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने बाबुछोरा पक्राउ

 मंसिर ४, २०७५ मंगलबार १०:१४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – बोक्सीको आरोपमा महिलालाई कुटपिट गरेको आरोपमा बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सैनामैना नगरपालिका १ बस्ने ६५ वर्षीय खेतु मल्लाह र उनका ४५ वर्षीय छोरा प्रकाश मल्लाहलाई पक्राउ गरिएको हो । 

बोक्सी लागेर प्रकाशका छोराछोरीलाई बिरामी बनाएको भन्दै उनीहरुले आफ्नै छिमेकी महिलालाई कुटपिट गरी घाइते बनाएको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया