दुर्घटनामा परे विपिन कार्की, खुट्टा फ्रयाक्चर

 मंसिर ४, २०७५ मंगलबार १२:२५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । 

केही दिनअघिदेखि सुरु भएको सिनेमा ‘जात्रै जात्रा’को छायाकंनमा व्यस्त रहेका विपिन मंगलबार बिहान यही सिनेमाको छायाकंनका लागि बालाजु जाँदै गर्दा कालीमाटीमा दुर्घटनामा परेका हुन् ।  

बाइकमा गइरहेको समयमा पछाडिबाट अर्को बाइकले ठक्कर दिएपछि यो दुर्घटना भएको हो । दुर्घटनामा परेका विपिनको दाहिने खुट्टा फ्रयाक्चर भएको छ । अहिले उनको बल्खुस्थित बयोधा हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ ।  
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया